२६ बैशाख २०८१, बुधबार

 

३० प्रतिशतले बढ्यो मोबाइल आयात

दशैं तथा तिहारलाई लक्षित गरी बजारमा मोबाइल फोनको आयात उच्च देखिएको छ । हरेक वर्ष दशैं नजिकिँदै गर्दा विभिन्न अफरसहित आकर्षण गर्ने गरी विभिन्न कम्पनीले दशैंलक्षित मोबाइल फोन आयात गरेको हो ।

भन्सार विभागको तथ्याङ्कले मोबाइल फोन उच्च रुपमा आयात भएको देखाउँदछ । बजारमा विभिन्न कम्पनीले आफ्नो आकर्षण गर्नकालागि अफर सार्वजनिक गरेका छन् । उक्त अफर सार्वजनिक गरेसँगै उच्च रुपमा मोबाइलफोनको बिक्री भएको व्यवसायीहरूको भनाइ छ ।

नेपालले चालु आर्थिक वर्षको २ महिनामै १० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ बराबरको १४ लाख ९८ हजार ७६५ थान मोबाइल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त आयातित मोबाइलबाट सरकरले १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ भन्सार महशुल उठाएको छ ।

त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले ७ अर्ब ९४ करोड २४ लाख रुपैयाँ बराबरको ९ लाख ९५ हजार ५ सय थान मोबाइल आयात भएको थियो ।

साथै, उक्त आयातित मोबाइलबाट १ अर्ब २५ करोड ७० लाख रुपैयाँ भन्सार महशुल उठाएको छ । गत वर्षको तुलनामा चालु आवमा ३०.४८ प्रतिशतले बढी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

चालु आबको दुई महिनाको अवधिमा आयातित मोबाइलको आयात हालसम्मकै उच्च हो । साथै, आयातित वस्तु तथा सेवामध्ये चौथो नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्