४ श्रावण २०८३, सोमबार

 

एलआईसीद्वारा मृत्यु दाबी भुक्तानी

एलआईसी नेपाल लिमिटेड बागलुङ शाखाले पर्वतका बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले पर्वतको मोदी गाउँपालिका –६ थामारजुङ स्थायी घर भै कुश्मा नगरपालिका– ६ बस्ने केशबबहादुर केसीको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

बुधवार केसीका श्रीमती यामकुमारी केसीलाई ७ लाख २१ हजार २ सय ६० रुपैयाँ हस्तान्तरण गरिएको हो । गत वैशाख १० गते हृदयघातबाट निधन भएका ४० वर्षीय केसी भारतीय सेनामा कार्यरत थिए ।

सन २०११ मा ५ लाखको जीवन बिमा खरिद गरेका केसीले ऋण सुविधामा १ लाख लिएकोमा सो रकम कटाएर बाँकी ७ लाख २१ हजार २ सय ६० रुपैयाँको चेक कम्पनी बागलुङका शाखा प्रमुख नवराज सुवेदी तथा वरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेले यामकुमारी केसीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung