२३ बैशाख २०८१, आईतवार

 

बागलुङमा खुल्यो त्रिरत्न डायमण्ड, अब हिराको गहना किन्न पोखरा,काठमाडौं जान नपर्ने

अब बागलुङमा पनि हिराका गहना खरिद गर्न पाईने भएको छ । हिराका गहना लगाउन चाहने पारखीहरुको लागि बागलुङको लोकतान्त्रिक चोकमा त्रिरत्न डायमण्ड संचालनमा आएको हो ।

सुन बजारको अग्रपंक्तिमा रहेर जनतालाई सेवा दिँदै आएको राजभण्डारी गहना पसलले साविकको धौलागिरी अञ्चलमै पहिलो पटक डेढ करोडको लागतमा हिराका गर–गहनाको व्यापार विस्तार गरेको हो ।

हिराका गहना खरीद गर्न चाहने ग्राहकको मागलाई मध्यनजर गरी त्रिरत्न डायमण्ड संचालन गरेकोे संचालक युवराज राजभण्डारीले बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका राजभण्डारीले बडा दशैको अवसरमा पारेर व्यापार विस्तार गरेको बताए ।

हिराका गहनाका पारखीहरुले आफुलाई मनपर्ने छानेर खरीद गर्न सक्ने छन् । बडा दशैको अवसरमा ३ प्रतिशत छुटको व्यवस्था समेत गरिएको संचालक मनिष राजभण्डारीले नयाँ विश्वलाई बताए । हिराको गहना ५ प्रतिशत कटाएर साट्न सकिने र १० प्रतिशत कटाएर बिक्री गर्न सकिन्छ ।

बागलुङ गहनाको पारखीहरुको रुचिलाई मध्ये नजर गरी सुरु भएको पसलबाट ग्राहकको चाहना अनुसारको डिजाइनको गहना  बनाउन सकिने संचालक मनिष राजभण्डारीले नयाँ विश्वलाई बताए ।

हिराको गहना किन्न पोखरा र काठमाडौं जानु पर्ने बाध्यतालाई अन्त्य गर्दैै हामीले बागलुङ बजारबाट हिराको गहनाको सेवा दिन लागेको संचालक राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्