२४ बैशाख २०८१, सोमबार

 

सांग्रिला बैंक बागलुङ शाखाद्धारा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले १७ औँ वार्षिकोत्सवको अवसर पारेर बागलुङमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न गरेको छ ।
धौलागिरि चोक स्थित कार्यलय परिषरमा आयोजित शिविरमा १ सय ९० जनाले सेवा लिएका छन् ।

धौलागिरि अस्पताल बागलुङ,नेपाल नेत्रज्योति संघ धौलागिरी आँखा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

धौलागिरी आँखा अस्पतालका प्रमुख विनाम लामिछाने , नेत्ररोग विशेषज्ञ डाक्टर सारोज प्रसाद नेम्कुल लगाएतको टोलिले १ सय ७० जनाको आँखा जाच गरेका थियो ।

सो जाचको क्रममा गम्भीर समस्या देखिएका २ जनालाई पोखरा रेफर गरिएको र मोतिया बिन्दुको समस्या देखिएका ४ जना बिरामीलाई शल्यक्रियाको लागि धौलागिरी आँखा अस्पतालमा आउन आग्रह गरिएको आँखा अस्पतालका प्रमुख लामिछानेले बताए । आँखाको परीक्षण गर्दा १५ जना चश्मलगाउन पर्ने विरामी फेला परेका थिए ।

शिविरमा धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन डा शैलेन्द्र विक पोखरेल लगाएतको टोलिले ५३ जनाको स्वास्थ्य परिक्षण गरेको बैंकका सन्दिपा सापकोटाले बताइन् ।

बैंकले यही कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रमहरु आयोजना गरेको बागलुङ शाखा प्रवन्धक श्रीजय श्रेष्ठले बताए । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको थियो ।

वार्षिकोत्सवको अवसर मा वित्तीय साक्षारता ,रक्तदान शिविर ,संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्