५ जेष्ठ २०८१, शनिबार

 

नेकपा एमाले बागलुङको जिल्ला अधिवेशन पुस २३ मा

नेकपा एमाले जिल्ला कमिटी बागलुङले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । अधिवेशन नजिकीदै जादा पार्टीको नयाँ नेतृत्वको लागि जिल्लाका एमाले नेताहरूको सक्रियता ह्वात्तै बढेर गएको छ ।

बागलुङमा पत्रकार सम्मेलन गरेर यहीँ पुस २३ गते बागलुङ सदरमुकाममा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला अधिवेशन भब्य रूपमा सम्पन्न गर्न ६ सय ३ जना प्रतिनिधिको सहभागीता रहने पत्रकार सम्मेलनमा एमाले कार्यवाहक अध्यक्ष कृष्ण पाठकले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा बिभाजन भए पछि एमाले बागलुङ जिल्ला कमिटीमा ५ हजार २ सय २६ जना पार्टी सदस्य कायम रहेको पाठकले बताए ।

अधिवेशन सफल बनाउन विभिन्न समिति समेत गठन गरेको छ । प्रतिनिधि ब्यवस्थापन समिति संयोजकमा बिष्णु भुसाल ,प्रतिवेदन तयार समिति संयोजककृष्ण पाठक ,हल मन्च ब्यवस्थापन समिति संयोजक गणेश थापा स्वयंसेवक ब्यवस्थापन समिति संयोजक सम्पन्न श्रेष्ठ ,खाध्य तथा आवास ब्यवस्थापन समिति संयोजक गणेश थापा ,प्रचारप्रसार समिति संयोजक धनबहादुर परियार ,अतिथि सत्कार समिति संयोजक अमर थापा ,निर्वाचन समिति संयोजक बिष्णुप्रसाद शर्मा ,आर्थिक ब्यबस्थापन समिति संयोजक कृष्ण पाठक ,सांस्कृतिक ब्यबस्थापन समिति संयोजक सरस्वती खड्का र स्वास्थ्य समिति संयोजक ऋतु पौडेललाई जिम्मेवारी दिएको एमाले बागलुङले जनाएको छ ।

हालै चितवनमा भएको एमाले महाधिवेशन सम्पन्न भए लगत्तै हुन गइरहेको जिल्ला अधिवेशनमा नेतृत्व हात पार्न बागलुङमा चारजनाको नाम चर्चामा रहेको छ ।

एमाले उपाध्यक्ष कृष्ण पाठक ,बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल , प्रदेश कमिटि सदस्य हिराबहादुर केसी र एमाले जिल्ला सचिव बिष्णु भुसाल सक्रिय भएर लागेका छन् ।

पुस २३ हुने अधिवेशन बाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने त्यो हुन नसकेमा निर्वाचनको प्रक्रिया बाट अगाडि बढ्ने कार्यवाहक अध्यक्ष कृष्ण पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहोस्