५ जेष्ठ २०८१, शनिबार

 

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् ।

पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् ।

उनी ९६ वर्षको छन् ।महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ ।

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किनुभएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो छोरी मरिनाले भनिन्, “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् ।

अहिले उहाँको अवस्था स्थिर रहेको छ ।”पूर्व प्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उनको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।

महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा विताएका थिए । पछिल्ला वर्षहरूमा उनलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उनलाई पटकपटक हृदयाघात भएको र अहिले उनको बाईपास सर्जरी भइरहेको छ ।

महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुन् ।आधुनिक मलेसिया निर्माणको नेतृत्व गरेको र दुई पटक गरी २४ वर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।

रातोपाटीबाट

 

 

प्रतिक्रिया दिनुहोस्