बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको अध्यक्षमा दिपकजंग राजभण्डारी चयन हुनु भएको छ । बागलुङका सहकारीमा कार्यरत प्रबन्धकहरुको प्रथम साधारण सभाले एकता सहकारी संस्थाका प्रबन्धक राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रबन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक मुना शर्मा चयन हुनु भएको छ ।
सदस्यमा जिल्ला सहकारी संघका प्रबन्धक सिर्जना शर्मा, बागलुङ दुग्ध उत्पादक सहकारी संघका प्रबन्धक बैकुण्ठ प्रसाद शर्मा, सहज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक टिकाराम सापकोटा, महिला हित बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्द्रा कार्की चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्था बुर्तिबाङका प्रबन्धक अर्जुन पोखरेल, लखन बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक होमबहादुर थापा, सयपत्री बहुउद्देश्यीय सहकारी संस्था गलकोटका प्रबन्धक रविलाल शर्मा, छिस्ती साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक तिलकुमारी थापा र प्रमानन्द स्मृति बहुउद्देश्यीय सहकारी संस्था काठेखोलाका प्रबन्धक कमल केसी चयन हुनु भएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा इमेज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शक्ति किसान , सदस्यमा कालीगण्डकी महिला सहकारी संस्था बलेवाका प्रबन्धक यमुना शर्मा ढकाल र धनन्तवरी स्वास्थ्य सहकारी संस्थाका प्रबन्धक रेश्मी भट्ट चयन हुनु भएको छ ।



















































































































































































































