ऐतिहासिक चैत्राष्टमी पर्वको अबसरमा बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले आयोजनामा मेला सुरु भएको हो । मेलामा पहिलो दिन कालीका कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ ।
गण्डकी प्रदेशका भुमिसुधार ,कृषि ,सहकारी तथ गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले चैत्राष्टमी मेलाको अवसरमा आयोजीत भलिबल खेलको उद्घाटन गर्दै जिल्लामा हुने मेला महोत्सवले खेलकुदको क्षेत्रमा अगाडि बढेका युवालाई अगाडि बढ्न यसले थप प्रेरणा दिने बताउनुभयो ।
कोरोनाको कारण दुई बर्ष सम्म ठप्प रहेको मेला महोत्सव विस्तारै फेरि पुरानो लयमा फर्कन लागेको छ यसले पर्यटन प्रबर्द्धन र आर्थिक क्रियाकलापमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने काममा कालीका भगवती गुठी ब्यबस्थापन समिति अगाडि बढ्नु सकारात्मक पक्ष भएको मन्त्री बुढाले बताउनुभयो ।
चैत २४ गतेदेखि शुरू भएको भलिबल खेल बागलुङ भलिबल ट्रेनिङ सेन्टर र तरूणदल भीमपोखरा बिच शुरू भएको छ । कालीका कप भलिबल खेल बागलुङ नगरपालिका वडा नम्बर १ कालीका कुन्जको प्राङ्गणमा भइरहेको भलिबल खेल संयोजक अर्जुन खड्काले बताउनुभयो ।
कालीका भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख नगद र प्रमाणपत्र द्वितिय हुने टिमलाई १ लाख ५० हजार र तृतीय हुने टिमलाई ७५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । भलिबल प्रतियोगितामा १७ टिमको सहभागीता रहको कार्यतालिका तयार भएको संयोजक खड्काले बताउनुभयो । विहिवारबाटै लोक दोहोरी प्रतियोगिता समेत सुरु हुँदै छ ।
कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बागलुङको पुरानो संस्कृति जगेर्ना गर्न कालीका भगवती गुठी ब्यबस्थापन समिति निरन्तर रूपमा लागि रहेको
बताउनुभयो ।
गुठीका निर्वतमान अध्यक्ष राजु खड्काले धन्यवाद ज्ञापन गरेको कार्यक्रम संचालन गुठीका निर्वतमान कोषाध्यक्ष निशान खड्काले गर्नुभएको थियो । मेला आगमी २८ गते सम्म जारी रहने मेलामा भलिवल ,लोक दोहोरी ,राष्ट्रिय भजन ,छेलो लगाएत राष्ट्रिय तथा स्थानियक कलाकारको सस्कृतिक प्रस्तुति रहने मेला आयोजक समितिले जनाएको छ ।














































































































































































































