२७ बैशाख २०८१, बिहीबार

 

बागलुङको कुँडुलेमा आइतबारबाट बृहत ब्रह्मयज्ञ शुरू

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा आइतबार देखि बृहत ब्रह्मयज्ञ शुरू भएको छ । संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटनसँगै ब्रह्मयज्ञ आयोजना गरिएको हो ।

यज्ञको सर्वसिद्धि धाम पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयचार्यले उद्घाटन गर्नुभएको थियोे ।पहिलो दिन कुँडुलेबाट कालिगण्डकी नदिसम्म शोभायात्रा सहित अनुज्ञा प्रार्थना गरि शालग्राम संग्रहालय प्राङगणमा महायज्ञको समुदघाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वामी नयनाचार्यले राष्ट्र, राष्ट्रियता, शान्ति, मानवता, वैदिक सनातन धर्म संस्कृति, सनातन हिन्दु राष्ट्रप्रति समर्पित हुन आग्रह गर्नुभयो। वैदिककालमा विभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका धवलागिरी क्षेत्रका तीर्थस्थल र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले महायज्ञ गर्न लागिएको बताउनु भयो ।

नेपालको पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम, गलेश्वरधाम, कालान्जरपर्वत, कालीका, मालिका पन्चकोकोट आदि सुप्रसिद्व तिर्थस्थलहरूको मध्यभाग शालंकायन महर्षिको तपोभुमी, षडाचार्य स्वामी श्रीधराचार्यको जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूको प्रचारप्रसार, वैदिक संस्कार संस्कृति संरक्षण गर्ने उदेश्यले श्री बृहद् ब्रह्मयज्ञ गरेको स्वामी ऋषि प्रप्रन्नाचार्यले बताउनुभयो ।

श्रीरंवैकटेश मुक्तिनारायण मन्दिर हाल नेपाली वास्तुशैलीमा श्रीराम अंकित गण्डकी शीलाद्वारा सुन्दर विशाल मन्दिर पुनर्निर्माण र अलौकिक शालीग्राम संग्रहालय भएको हुदा त्यसको समेत बृहत प्रचारप्रसार गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

सोमबार सामुहिक विष्णु याग एवं यज्ञ तथा पाठ परायण, मंगलबार शान्तिहोम भगवत् प्राण प्रतिष्ठा, बुधबार गते भगवद् आराधना जलाधिवास, विहिबार भगवद्त आराधना धान्याधिवास, शुक्रबार भगवद् आराधना, शैय्याधिवास, नेत्रोन्मिलन भगवत् प्राणप्रतिष्ठा र बैशाख २४ गते शनिबार अभिषेक, कल्याणोत्सव पूर्णावती, ब्रामह्मण र कर्ता सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

यज्ञमा सहभागीताकोे लागि प्राणप्रतिष्ठा महोत्सवको मूल कर्ता बन्न ५ लाख, सामुहिक विष्णुयाग कर्ताको लागि १० हजार, यज्ञशाला हवन कर्ताको लागि १ लाख , श्रीमद् भागवत महापुराणको कर्ताको लागि २५ हजार, ब्राह्मण भोजन एकदिनको लागि २५ हजार, वालभोग एकदिनको १५ हजार, अष्टोत्तर अर्चनाको लागि ५ सय भेटी अर्पण गर्ने व्यवस्था आयोजकले गरेको छ ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष आनन्द प्रकाश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो भने संचालन सुदर्शनले गर्नुभएको थियो । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष राजभण्डारीले बागलुङमा स्वदेशी तथा विदेशी पर्यटक भित्राउनको लागि महायज्ञले महत्वपूण भूमिका खेल्ने बताउनु भयो । शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वार बाघको आकृति झल्किने बाघको मुर्ति बनाएर बागलुङ घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने खालको निर्माण गरिएको उद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्