२३ बैशाख २०८१, आईतवार

 

भीषण हावाहुरीका कारण रूखले सवारी साधन किच्दा भरतपुरमा ३ जनाको मृत्यु

चितवनमा शुक्रबार साँझ आएको भीषण हावाहुरीले तीन जनाको ज्यान गएको छ ।हावाहुरीसहित आएको पानीले रुख ढल्दा भरतपुर महानगरपालिका ११ भोजाडमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र परिचय नखुलेकी अन्दाजी ५० वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उक्त अटोमा सवार तुलमाया गुरुङ र अबिता गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई हावा हुरीका कारण ढलेको रुखले किच्दा भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको छ ।अहिले हावाहुरील प्रभावित ठाउँहरुमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर : सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्