३० बैशाख २०८१, आईतवार

 

मेयर रेनु दाहालले दिइन जनतालाई ७ हजार लिटर पानी उपहार, छोरीलाई एक लाखको निःशुल्क बिमा

दोश्रोपटक भरतपुर महानगरपालिकाकी मेयरमा निर्वाचित रेनु दाहलले ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्।

बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने  छन्।उनले भरतपुर महानगरको सरकारी अस्पतालमा जन्मिने छोरीलाई निःशुल्क बिमा गरिने निर्णय पनि गरेकी छिन्।

बिमा एक लाखको र अवधि १५ वर्ष हुने उनले बताइन्। साथै मेयर दाहालले चौकी डाँडादेखि गोलाघाटसम्म जनताको लागि २ वर्षभित्र खानेपानी पुर्‍याउने निर्णय गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्