६ जेष्ठ २०८१, आईतवार

 

बैंकर्स बागलुङको अध्यक्षमा हेमराज शर्मा चयन

बागलुङ स्थित सम्पुर्ण बैंकमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङको अध्यक्षमा ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् ।बुधबार बसेको सम्पूर्ण शाखा प्रबन्धकहरूको भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

जसको  उपाध्यक्षमा नेपाल बङ्गलादेश बैंकका विकाश पौडेल, सचिवमा एनसिसि बैंकका प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा बैंक अफ काठमाडौँका टंक प्रसाद शर्मा चयन भएका छन्।कार्यसमितिको सदस्यहरूमा नेपाल बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक अमृत सेवा, एभरेष्ट बैंक बागलुङका शाखा प्रबन्धक सुजीत ज्ञवाली , प्रभु बैंक बागलुङका शाखा प्रबन्धक हेमन्त आचार्य, सनराइज बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन पौडेल र ग्रीन डेभलपमेन्ट बैंक बागलुङका शाखा प्रबन्धक हरि अधिकारी चयन भएका छन्।

साथै हिजो भएको भेलाले नव आगन्तुक शाखा प्रबन्धकहरूको स्वागत तथा सरूवा भई जान लागेका बैंकर्स बागलुङका निर्वतमान अध्यक्ष दीपक शर्मा र अरु शाखा प्रबन्धकहरूको बिदाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यसमितिको बैठकले बैंकर्स बागलुङका पूर्वअध्यक्ष दीपक शर्मा र पूर्वउपाध्यक्ष सुदिप राजभण्डारीलाई बैंकर्स बागलुङको सल्लाहकारमा मनोनयन गरेको छ।

बैंकर्स बागलुङले शैक्षिक, सामाजिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्