विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । आइतबार बागलुङ जेसीजको आयोजना बागलु नगरपालिका वडा नं ३ को रात्माटा सामुदायिक वनमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । ५० वटा अशोक र धुपि जातका विरुवाहरु रोपीएको महासचिव गणेश महतोले जानकारी दिए ।
कार्यक्रमको सुभारम्भ प्रमुख अथिति बागलुङ नगर कार्यपालिका सदस्य धनमाया शर्माले वृक्षारोपन गरेर गर्नु भएको थियो ।कार्यक्रममा बागलुङ नगर कार्यपालिका सदस्य धनमाया शर्मा, रात्माटा सामुदायिक वनका अध्यक्ष बैकुण्ठ सापकोटा, सशस्त्र प्रहरी बागलुङु सहायक निरीक्षक राम बहादुर केसी र बागलुङ जेसीजका अध्यक्ष प्रकाश आचायले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बागलुङ जेसीजका अध्यक्ष प्रकाश आचायको अध्यक्षता, जेसीजको आस्था पाठ कार्यकारीणी उपाध्यक्ष एन्जिला श्रेष्ठले, स्वागत निर्वतमान अध्यक्ष आनन्द प्रसाद रेग्मीले र संचालन महासचिव गणेश महतोले गरेका थिए ।बागलुङ जेसीज सन १९७८ मा स्थापना भएको इतिहास बोकेको पुरानो सामाजिक संस्था हो । यस संस्थाले युवाहरुको नेतृत्व विकासको कार्यं गर्नुको साथै र सामाजिक सेवामा क्रियाशिल छ ।

















































































































































































































