९ कार्तिक २०८३, आईतवार

 

एकता सहकारी संस्था बागलुङको पाँच वर्षे रणनीतिक योजना एवं कार्यशाला गोष्ठी सम्पन्न

एकता सहकारी संस्था लिमिटेड,बागलुङको पाँच वर्षे रणनीतिक योजना एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाको सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरु सम्मिलित कार्यशालाले आगामी पाँच वर्षका लागि लक्ष्य तथा कार्यक्रम तय गरेको छ ।

सहकारीले आगामी ५ वर्षमा सेवा केन्द्र विस्तार गरि शेयर सदस्य र शेयर पूँजिको अधिकतम वृद्धि गर्र्ने,सस्थागत विकास , समय सापेक्ष प्रविधिमैत्री सेवा विस्तार गर्न वित्तिय विश्लेसन गरि अगाढी वढ्न विभिन्न योजनाहरु तयार गरिएको जनाइएको छ ।गोष्ठीको राष्ट्रिय सहकारी बैकका तालिक अधिकृत बल्लभ तिमल्सेना सहजिकरण गर्नु भएको थियो ।

सहकारीका अध्यक्ष ध्रुर्व प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सस्थाका संरक्षक देवहादुर श्रेष्ठ, पद्यचन्द्र राजभण्डारी, सल्लाहकार कृष्णशंकर श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । शिक्षा समिति संयोजक सुनिता पुरीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव महेन्द्र कँडेलले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung