५ श्रावण २०८३, मंगलवार

 

बागलुङ उद्योग वाणिज्य संघमा १४ खुल्ला सदस्य निर्विरोध

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनय दर्ता गराएका १५ मध्य १ जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

१४ सदस्यको लागि १५ जनाको उम्मेदवारी परेकोमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । सदस्यको लागि उम्मेदवारी दिएका अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ, ईश्वर जंङ्ग राजभण्डारी निर्विरोध भएका हुन् ।

सोमबार अपरान्न ४ बजेसम्मको उम्मेदवारी फिर्ता लिने समय राखिएकोमा मंगलबार बिहान ११ बजेसम्मलाई सारिएको थिया भने पुन अपरान्न पाँच बजेसम्म समय थप गरिएको थियो । संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ ।

उद्योग तर्फ दुई सदस्यको लागि निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी परेको छ । वुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत गौतमले बताए ।

यस अघि दुईजना महिला सदस्य यमुना रेग्मी र शिवकला थापा पनि निर्विरोध भएका छन् । असार ४ गते अध्यक्ष १ उद्योग सदस्य २ गरि ३ जनाको लागि निर्वाचन हुने छ । महिला र खुल्ला सदस्य निर्विरोध भए पनि अध्यक्ष र उद्योग तर्फको सदस्यका लागि असार ४ गते निर्वाचन हुने भएको छ ।
निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung