५ श्रावण २०८३, मंगलवार

 

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल चयन

बागलुङ — बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् ।निर्वाचन समितिका अधिकृत अधिवक्ता भुमिश्वर गौतमका अनुसार संघको अध्यक्षमा कँडेल सर्वसम्मत चयन भएको जानकारी दिए ।

बागलुङ उद्योग वाणिज्य संघको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले नयाँ विश्वलाई बताए ।कँडेल पूर्वउपाध्यक्ष,निर्वतमान महासचिव समेत हुन् । संघको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषि राम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

सङ्घको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भइ सकेको छ । खुला सदस्यमा उम्मेदवारी दिनुभएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका थियो ।

खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहनुभएको छ ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung