ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम सार्वजनिक गरेको छ । ताराखोला गाउँपालिकाको गाउँ सभामा अध्यक्ष धन बहादुर विकले आर्थिक वर्ष २०७९ र्र ८० को नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।
गाउँपालिकाले आर्थिक विकास, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ ।गाउँपालिकाले आर्थिक विकासका तर्फ कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको छ ।
पालिकामा व्यवसायीक पशुपालनलाई वृद्धि गरि दुग्ध संकलन केन्द्र स्थापना गर्ने , दुग्ध जन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने , पशुमा कृतिम गर्वधान मिसन कार्यक्रम संचालन गर्ने, नर्शरि निर्माण गरि आवश्यक बिउ तथा बिरुवा उत्पादन गरिने,बाजो जग्गालाइ खेती योग्य जग्गामा परिणत गर्ने, कृषि बिमा कार्यक्रम संचालन गर्ने , फलफुल बिरुवा रोपण कार्यक्रम संचालन गर्ने नीति ल्याएको छ।
त्यस्तै उद्द्योग वाणिज्य तर्फ नेपाली कागज, अल्लो धागो, खाडि, भाङ्रा र निगालोबाट निर्मित वस्तुहरु उत्पादन र स्तरोन्नतिको लागि सिप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम संचालन गर्ने कार्यक्रम ल्याएको छ ।
संघ तथा प्रदेश सरकारकोसँगको समन्वयमा नीजि तथा सार्वजनिक स्थल तथा सामुदायीक क्षेत्रमा रहेकास्ल्याप ढुंगा उत्खननका लागि वातावरणिय प्रभाव मुंल्याकन सम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
र्यटन तर्फ ग्रामीण पर्यटिकय पुर्वाधार विकास कार्यक्रम अन्तरगत एक वडा एक पर्यटकिय गन्तब्य विकास गर्ने, करीमेलालाई नमुना पर्यटकीय वस्तीका रुपमा विकास गर्ने, स्थानीय मेला पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग आबद्ध गर्ने लगाएतका कार्यक्रम समेटिएका छन ।
पूर्वाधार विकास तर्फ रणनीतिक महत्त्वका सडकलाई स्तरोन्नती गर्ने, पुल कल्भर्ट ,पुल निर्माण, नयाँ ट्याक आवश्यकता पहिचान गरेर मात्र खोल्ने, आगामी आर्थिक वर्षमा १० किमि सडक कालोपत्रे गर्ने, वन तथा शहरी विकास कार्यक्रमर वडा भवन निर्माण थालनी गर्ने कार्यक्रममा समावेश गरीएको छ।
नमुना विद्यालय र जनप्रेम माविको भवन निर्माण, सुकुम्बासी समस्या समाधान, नक्सापास गरि घर निर्माण, उज्यालो गाउँपालिका घोषणा, विद्युत उत्पादनमा सबैको सहभागिता, व्यववसायिक कृषिका लागि नयाँ प्रविधि युक्त सिचाईं जडान, शिक्षा तर्फ एक शिक्षण संस्था १ उत्पादन, पालिका स्तरिय पुस्तकालय अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, बालबिकासको स्तरउन्नति, सामुदायिक विद्यालयका किशोरीलाई
स्यानिटरि प्याड, विद्यार्थीलाई दिवा खाजा र कक्षा ५ सम्म स्थानीय पाठयक्रम, बहुप्रविधिक शिक्षालय निर्माण सुपरीवेक्षणलाई व्यवस्थित गरिने, जनप्रतिनिधी तथा सरकारी सेवामा कार्यरत शिक्षक,कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा भर्ना गरी अध्ययन गराउने नीति कार्यान्वयन गराइने लगाएतका कार्यक्रम समावेश गरीएको छ ।
त्यस्तै स्वास्थ्यतर्फ निशुल्क औषधी, घरदैलो स्वास्थ विमा, विपन्नको विमा पालिकाले गर्ने, स्वयम सेविको बिमा गर्ने, कुपोषित बालबालिकालाई पोषण युक्त खानेकुरा वितरण, आरोग्य केन्द्र निर्माण गरिने जस्ता कार्यक्रमहरु समावेश गरीएको छ।
युवा खेलकुद तर्फ खेलकुद सीप तालिम, सुविधा सम्पन्न कभर्ड हल, खेलकुद प्रतियोगिता गरिने कार्यक्रममा उल्लेख छ। अध्यक्ष रोजगार,प्रधानमन्त्री रोजगारमा कार्यक्रम मार्फत युवाहरुको सहभागीतामा जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ।
सरफाइ तथा खानेपानी तर्फ एक घर एक धारा निर्माण गरीने, लैगिक समानता र सामाजिक समावेशिता, सहिद,बेपत्ता परिवारलाई सहयोग गरिने, बालमैत्री स्थानीय शासनलाई अघि बढाउने, जातिय भेदभाव,बालबिबाह न्युनिकरण गर्न अभियान संचालन गर्ने, मासिक रुपमा जीवन भत्ता दिने,सम्मान,प्रवर्द्धन गरिने वन वातावरण विकासका कार्यक्रम संचालन ग, मानव अधिकार युक्त गाउँपालिका घोषणा, समान कामको समान ज्याला दिने, शहिदमार्ग ,पदमुर्ति ,संग्रालय व्यवस्थित गर्ने, तठबन्धन कार्य गरिने, फोहोर व्यवस्थापन गरिने र अध्ययन भ्रमण समावेश छ ।
सार्वजनिक सुनुवाइ, जनप्रतिनिधीलाई जनता प्रति उत्तरदायि बनाउने, अन्तर पालिकाबिच साझेदारी कार्यक्रम ल्याउने, न्यायिक समितिको इजलास ब्यवस्था लगाएतका कुराहरु उल्लेख गरीएको छ । गाउँ सभामा सदस्यहरु फुलमाया पुन जलजला, कर्ण बहादुर भण्डारी , जित बहादुर खत्री , मन बहादुर रोका, याम बहादुर श्रीस लगायतले मन्तव्य व्यक्त गरेका थिए।
गाउँ सभाबाट आगामी आ व को नीति तथा कार्यक्रम पारीत भएको सूचना अधिकृत प्रकाश गैरेले जानकारी दिए ।
सामुदायिक रेडियो गलकोटबाट













































































































































































































