ताराखोला गाउँपालिकाले आगामी आर्थीक वर्ष २०७९,८०का लागि बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाको प्रशासनिक चालु खर्चतर्फ रू ६ करोड ७ लाख र पुँजीगत खर्च कुल रु १४ करोड ६३ लाख २९ हजार र चालु खर्च सशर्त अनुदान सहित रु २२ करोड ३ लाख ७ हजार गरी आगामी आर्थिक वर्षमा कुल रु आय रू ३६ करोड ६६ लाख २ हजार विनियोजन सहितको बजेट उपाध्यक्ष भिम बहादुर रोकाले प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले आर्थीक विकास तर्फ कुल बजेट रु ३ करोड ९२ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । आगामी आवामा ससर्त र गाउँपालिकाबाट विनियोजत रकम सहित कृषि बिकाश तर्फ कुल बजेट रु १ करोड ५६ लाख २५ हजार र पशु विकाश तर्फ कुल बजेट रु १ करोड १९ लाख ६० हजार बजेट बिनियोजन भएको छ। सहकारी क्षेत्रको लागि रु ५ लाख ,लघु उद्यमको लागी रु ३० लाख सहिद पार्क निर्माणको लागि रु ५ लाख करिमेलालाई नमुना पर्यटकिय गाउँको विकास गर्न रु ५ लाख रकम बिनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकाश तर्फ गाउँपिलकाबाट ससर्त अनुदान बाहेक कुल बजेट रु २ करोड ३६ लाख ३२ हजारको विनियोजन भएकोमा शिक्षामा मात्र ससर्त तर्फ १० करोड ९६ लाख २५ हजार र गाउँपालिकाबाट बिनियोजत रकम रु १ करोड १० लाख ८७ हजार गरि कुल बजेट रु १२ करोड ४ लाख २ हजार बिनियोजन भएको छ ।
स्वास्थ्य तर्फ सशर्त अनुदान रु २ करोड ४१ लाख र गाउँपालिकाबाट बिनियोजित रु ३० लाख ८ हजार गरी जम्मा रु २ करोड ७१ लाख ८० हजार बजेट बिनियोजन भएको छ ।
सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने कार्यका लागि रु ७० लाख छ।गाउँपालिका स्तरीय खेल मैदान निर्माणलाई निरन्तरताका आवश्यक बजेट विनियोजन भएको छ ।।खेलकुद प्रशिक्षण कार्यक्रमका लागि ११ लाख गाउँपालिका भित्र रहेका युवाहरुलाई रोजगारमा आबद्ध गराउन अध्यक्ष रोजगार कार्यक्रम मार्फत १५ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सुचिकृत बेरोजगार युवालाई रोजगारी प्रदान गर्न रु ७३ लाख ७१ हजार रकम विनियोजन भएको गाउँ सभामा उपाध्यक्ष भिम बहादुर रोकाले जानकारी गराउनु भयो ।
लैङ्गिक समानता सामाजिक समावेसिकरणको लागि ३ लाख ५० हजार संस्कृति प्रवर्द्धन कार्यक्रमको लागि रु ३ लाख र खानेपानी तथा सरसफाइको लागि रु ९६ लाख ६ हजार बिनियोजन भएको छ । गाउँपालिकाले आगामी आ व मा अन्तराष्ट्रिय नारी दिवस, जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम जेष्ठ नागरिक सम्मान, दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरु तथा बालमैत्री स्थानीय सुशासन प्रर्वद्धनको लागि आवश्यक रकम विनियोजन गरेको छ । मानव आश्रम भवन व्यवस्थापनको लागि रु १२ लाख बजेट विनियोजन भएको छ ।
पूर्वाधार विकाश तर्फ कुल बजेट रु ५ करोड १२ लाख २० हजार बजेट विनियोजन भएको छ ।
रिजाल चोक(अमरभुमी(तारा(म्याग्दी सडक शहिद मार्ग गाउँपालिकादेखि मुख्य राजमार्गसँँग जोडिने मुख्य सडकको रुपमा कालोपत्रे गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने र हटिया घुस्मेली सादी सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग समन्वय गरिने बजेट वक्तब्यमा उल्लेख छ ।
बराहखोला डोप्ता सडक निर्माणको लागि रु १५ लाख, सहिदमार्ग स्तरोन्नतीको लागि रु २० लाख,घुस्मेली सभाहल सडक स्तरोन्नतीको रु ६० लाख, भातखाने डाँडा वडा नं। १ जाने मोटरबाटो स्तरोन्नतीको लागी रु १ करोड ४० लाख, सादी हिल गाउ पधेराखोला बराहखोला सडक स्तरोन्नतीको लागी रु ८० लाख बजेट बिनियोजित भएको छ ।
हेर्नुहोस बजेटको पूर्ण पाठ
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य
सम्माननीय सभाका सभाअध्यक्ष ज्यू,
सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित सम्पूर्ण महानुभावहरु,
संविधानसभाबाट जन आकांक्षा बमोजिमको संविधान निर्माणको विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलन तथा जनयुद्धद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको संविधान बमोजिम स्थापित यस स्थानीय सरकारमा पहिलो 5 वर्षे कार्यकाल पुरा गरी दोस्रो कार्यकालको पहिलो वर्षमा प्रवेश गर्दैछौं । जनताको इच्छा र अपेक्षा अनुसारको संविधान निर्माण गरी जनताले नै रोजेका जनप्रतिनिधिहरुद्वारा आफ्नै घर आगनमा छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्राप्तिका लागि त्याग र तपस्या सहित आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छु।
विगत दुइ वर्षमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को प्रभाव यस ताराखोला गाउँपालिकामा पनि परेको यहाँहरु सबैलाई सर्वविदित नै छ । यस महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण पटकपटक भइरहेको बन्दा बन्दीले गर्दा बजेट कार्यान्वयनमा देखिएका विभिन्न समस्याहरुका बाबजुत पनि हाम्रा आर्थिक, सामाजिक, भौतिक लगायतका सम्पूर्ण क्षेत्रका कार्यहरु अगाडि बढिनै रहेका छन् । यस विषम परिस्थितिको सामना गर्नको लागि सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संघसंस्थाहरु, जिउ ज्यानको प्रवाह नगरी अग्र पंङ्तिमा खटिनु हुने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरू, जनप्रतिनिधिहरु लगायत सम्पूर्ण प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । कोभिड १९ संक्रमित भई उपचारको क्रममा दिवंगत हुनुभएका यस ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य तथा जुझारु महिला नेतृ तेजुमाया भण्डारी परियार लगाएत ४ जना नागिरक प्रति हार्दिक श्रद्धांजलि प्रकट गर्न चाहन्छु ।
गाउँपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित प्रयोग गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारण गरी आर्थिक र भौतिक रुपमा समृद्ध ताराखोलाको निर्माण गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो । जटिल भौगोलिक संरचनाका बीचमा भइरहेका पूर्वाधार निर्माणका कार्यहरूको कारणले वर्षातको समयमा हुने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको सिर्जना भई सार्वजनिक पूर्वाधार क्षेत्रमा गरिएको लगानीको समुचित प्रतिफल प्राप्त हुन नसक्नु, अव्यवस्थित बसाइसराइका कारण सार्वजनिक क्षेत्रमा गरिएको लगानी को लाभ लिने जनसंख्या घट्दै जानु, दक्ष र सीपयुक्त जनशक्तिलाई पालिका क्षेत्रमा रोजगारी उपलब्ध गराउन नसकिनु जस्ता चुनौतीहरू हाम्रा सामु रहेका छन् । यद्यपि कृषि र पशु पालनलाई व्यवसायिक बनाई, पर्यटन पूर्वाधारको निर्माण गरी, प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै रोजगारी सृजना गरी गरिबी निवारण तर्फ जोड दिइ“कृषि, पर्यटन,वन, उद्योग र रोजगारीको सबल पूर्वाधार, गुणस्तरीय स्वास्थ्य र शिक्षा सहितको आत्म निर्भर र समृद्ध ताराखोलाको कार्यभार”भन्ने दीर्घकालीन सोचलाई पुस्ट्याई गर्नेतर्फ बजेटलाई केन्द्रित गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको बजेटका प्रमुख उद्देश्यहरु प्रस्तुत गर्न चाहन्छु।
- कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक र आधुनिक प्रविधिमा रुपान्तरण गरि नागरिकको जिवनस्तरमा सुधार गर्नुको साथै, कृषि सहकारीलाई प्रवर्धन गर्ने।
- शिक्षाको गुणात्मक सुधारमा जोड दिने ।
- सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिने ।
- जनसुरक्षाको लागि विपद जोखिम उत्थानशिल विकासमा जोड दिने ।
- पर्यटकिय क्षेत्रहरुको पहिचान र विस्तारको लागी आवश्यक पुर्वाधारको विकास गर्ने ।
- सामाजिक विभेद, अन्धविश्वास लगायत समाजमा रहेका असमानता, कु-संस्कार र कुरिती अन्त्यका लागि न्याय, समानता प्रवर्द्धनमा जोड दिने ।
- सार्वजनिक सेवामा आधुनिक सुचना प्रविधि तथा संचारको भरपुर प्रयोग गर्ने ।
- आधुनिक पूर्वाधार विकास गरि दैनिक जनजीवनलाई सहज बनाउने ।
- उद्योग संचालन गर्न उद्यमीहरुलाई अनुकुलित वातावरण सिर्जना गर्ने ।
- वनको संरक्षण तथा व्यवस्थापन गर्ने ।
- युवाहरुलाई ‘अध्यक्ष रोजगार कार्यक्रम’मार्फत रोजगारउन्मुख बनाउने ।
- सर्वपक्षिय विकासको मार्गदर्शनको रुपमा गाउँपालिकाको आर्थिक सर्वेक्षण तयार गर्ने ।
- स्थानीय स्रोत साधानहरुको अधिकतम परिचालन गरि आत्मनिर्भर अर्थतन्त्रको आधार तय
गर्ने । - शहिद, वेपत्ता, घाईते, अपाङ्ग व्यक्ति तथा अति गरिब परिवारको लागि आवश्यकताको आधारमा आर्थिक, भौतिक, सामाजिक, नैतिक र कानुनी रणनीति तयार गरि शहिद पार्क/ युद्ध स्तम्भ निर्माण गर्ने ।
- स्वच्छ पिउने पानी र सरसफाईको सुनिश्वितता गर्ने ।
- बहुवर्षीय र समपुरक आयोजनाहरुलाई निरन्तरता गर्ने ।
- सशर्त अनुदानका कार्यक्रम मार्फत कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र उद्यम क्षेत्रको विकासमा टेवा पुर्याउने ।
अब म आगामी आर्थिक वर्षमा उल्लेखित उद्देश्य परिपूर्ति गर्न बजेटका प्रमुख प्राथमिकताहरु प्रस्तुत गर्दछु।
- सामाजिक विकास
- सडक, खानेपानी, भवन तथा अन्य पूर्वाधार निर्माण
- कृषि, पशुपालन, सहकारी, उद्योग र पर्यटन मार्फत आर्थिक विकास
- वन, वातावरण तथा विपद व्यवस्थापन
- सुशासन तथा संस्थागत क्षमता विकास
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको कुल बजेट तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु।
आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदान रू १६ करोड ५४ लाख, वित्तिय समानीकरण अनुदान रू ७ करोड ९९ लाख र राजश्व बाँडफाँडबाट रू ६ करोड ७३ लाख २६हजार प्राप्त हुने भएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रू ७९ लाख ६४ हजार, राजश्व बाँडफाँडबाट रू ३८ लाख ९ हजार प्राप्त हुने भएको छ । संघीय सरकार बिषेश अनुदान रु १ करोड २० लाख, संघीय सरकारको समपुरक अनुदान रु ७० लाख, गण्डकी प्रदेश सरकार ससर्त अनुदान रु ६० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान रु ४० लाख, यस आर्थिक वर्षमा चालु र पूँजीगत तर्फबाट रू ८२ लाख ९३ हजार मौज्दात रहने अनुमान रहेको छ। आन्तरिक आयलाई आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गरी कर र राजश्वको दायरा बृद्धि गर्ने योजना अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी रू ५० लाख हुने अनुमान गरेको छु। उल्लेखित अनुमानको आधारमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको कुल आय रू ३६ करोड ६६ लाख ९२ हजार मात्र हुने अनुमान गरेको छु।
सभाध्यक्ष ज्यू,
अब आगामी आर्थिक वर्षको प्रमुख कार्यक्रमहरु तथा क्षेत्रगत व्यय प्रस्तुत गर्दछु ।
आगामी आर्थिक वर्षमा कर्मचारी तथा जनप्रतिनिधिहरूको सेवा सुविधा तथा कार्यालय सञ्चालन र प्रशासनिक चालु खर्चतर्फ रू ६करोड ७ लाख विनियोजन गरेको छु । पुँजीगत खर्च कुल रु १४ करोड ६३ लाख २९ हजार र चालु खर्च सशर्त अनुदान सहित रु २२ करोड ३ लाख 6७ हजार गरी आगामी आर्थिक वर्षमा कुल रु आय रू ३६ करोड ६६ लाख ९२ हजार विनियोजन गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षमा गाउँपालिकाले कार्यान्वयन गर्ने प्रमुख कार्यक्रम तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु ।
१. आर्थिक विकास तर्फ
गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि आफै कृषि उत्पादनमा सहभागी भई उत्पादन र रोजगारी श्रृजना गर्नेछ । गाउँपालिकामा खेती नगरी छोडिएको बाझो जग्गालाई लिजमा लिई संस्थागत र नीतिगत पुर्वाधार तयार गरी दक्ष जनशक्तिहरुका साथ “ताराखोला जैबिक कृषि बगैंचा कार्यक्रम निरन्तरता गर्न संघ र स्थानीय सरकारको साझेदारीमा रु १० लाख रकम विनियोजन गरिएको छ ।ताराखोला किबि बगैचा ब्यबस्थापनकोलागी रु ५ लाख बजेटको ब्यबस्था गरेको छु । कृषकहरुलाई कृषि औजार खरिद तथा अनुदान वितरण गरी कृषिमा आधुनिकिकरण र यन्त्रीकरण गरिनेछ कृषि औजार खरिद गरी वितरण र प्रविधि हस्तान्तरणको लागि आगामी आ.व. मा ७ लाख ७5 हजार रुपैया विनियोजन गरेको छु ।निशुल्क माटो परिक्षाण गरी माटोमा खाद्य तत्व तथा प्रबिधि हस्तारण गर्न आबस्यक बजेटको ब्यबस्था मिलाएको छु । फलफुल विरुवा रोपण, किसान सुचिकरण कार्यक्रम, कृषि पशुपंक्षी तत्थ्याङ्क अध्याबधिक कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ । गाउँपालिकाको उत्पादनलाई भण्डारण गरी मुल्य अभिबृद्धिका साथ स्थानीय उत्पादनको बजारीकरणको लागि संकलन केन्द्र, कोल्ड स्टोर, लेवलिङ्ग तथा प्याकेजिङ्ग को व्यवस्था गरिनेछ ।जसको लागि रु ९०लाख रकम विनियोजन गरेको छु । बाझो जग्गालाई भाडामा लिई खेति गर्ने कृषकलाइ प्रति रोपनि बार्षिक रु २००० प्रोत्साहन स्वरुप उपलब्ध गराई कृषि उत्पादकत्व बृद्धि सँगै स्वरोजगार र आत्मनिर्भर बनाईने छ । वास्तबिक कृषकलाई आर्थिक सहायता प्रदान गरिनुका साथै कृषि बिमामा प्रिमियम अनुदानको ब्यबस्था मिलाएकोछु ।आगामी आ.ब.मा कृषि बिकाशका कार्यक्रम प्रभाबकारी बनाउन कृषि बिकाश शाखामा अधिकृत स्तरको कर्मचारी रहने ब्यबस्था मिलाएको छु । आगामी आ.ब.मा ससर्त र गाउँपालिकाबाट बिनियिजत रकम सहित कृषि बिकाश तर्फ कुल बजेट रु १ करोड ५६ लाख २५ हजारको ब्यबस्था गरेको छु ।
चालु आ.व. मा पशु विकास पकेट कार्यक्रम सञ्चालन गरिएकोमा सो कार्यक्रमलाई निरन्तरता दिईएको छ ।सबै वडामा पशुसेवा प्राबिधिकको ब्यबस्था गरी पशु-पंक्षि तथा मत्स्य औषधी निशुल्क वितरणको व्यवस्था मिलाईने छ । दुग्ध संकलन केन्द्र स्थापना गर्नुका साथै दुग्धजन्य पदार्थको उत्पादन तथा भण्डारण, बिबिधिकरण र बजारीकरणको व्यवस्था गरिनेछ। जसको लागि रु. ८0 लाख विनियोजन गरेको छु । आगामी आ.ब. बाट गाउँपालिकाका ५ बटै वडाबाट पशुमा कृत्रिम गर्भाधान गर्ने ब्यबस्था मिलाएको छु ।महामारीका पशुरोग नियन्त्रणको लागी भेटेरीनरी अस्पताल बागलुङको सहकार्यमा पूर्णखोप कार्यक्रम संचालन गरिनेछ । पशु बिमा कार्यक्रमलाइ प्रभाबकारी रुपमा संचालन गर्नकोलागी अभिमुखीकरण कार्यक्रम संचालनको लागी रु १ लाख बजेटको ब्बस्था मिलाएको छु । पशु विकास तर्फ सशर्त अनुदानमा नयाँ बाख्रा पकेट कार्यक्रम लगायत कार्यक्रमलाइ निरन्तरताको ब्यबस्था मिलाएको छु ।स्वच्छ र स्वस्थ मासु बिक्री तथा सेबनको ब्यबस्था मिलाउन ५ वटा मासुपसल सुधारको कार्यक्रमको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।
आगामी आ.ब.मा ससर्त र गाउँपालिकाबाट बिनियिजत रकम सहित पशु बिकाश तर्फ कुल बजेट रु १ करोड १९ लाख ६० हजारको ब्यबस्था गरेको छु ।
गाउँपालिकाको स्वामित्व रहने गरि कृषि / बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना गरि उत्पादनमूलक तथा कृषि/पशुपालन र रोजगारी वृद्धिको लागी उत्पादन तथा बजारीकरणमा जोडिनेछ ।सहकारीलाई कानुन बमोजिम अनुदान सहित सहकारी खेति, भण्डारण, प्रसोधन र बजारीकरणमा जोडिनेछ ।ताराखोला गाउँपालिकाले बैंक तथा वित्तीय संस्थाहरु सँग सहकार्य गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ ।सहकारी अनुगमनलाई प्रभावकारी बनाइनुका साथै अव्यवस्थित सहकारीहरुलाई मर्ज तथा बन्द गरी व्यवस्थीत गरिने छ । सञ्चालनमा नरहेका सहकारीहरुलाई बन्द गर्न प्रोत्साहन गरिने छ । साथै सहकारीहरुलाई व्यवस्थीत गर्न सहकारीका सदस्यहरुलाई तालिमको व्यवस्था गरिने छ । गाउँपालिकामा रहेका सहकारीहरुलाइ copomiss मा आबद्ध गराइनेछ ।कोपोमिस संचालन तालिमको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु । सहकारी क्षेत्रको लागि रु. 6५ लाख विनियोजन गरेको छु ।
ताराखोला गाउँपालिका वडा नं. १ भुस्कातमा निर्माणधिन औधोगिक ग्रामलाई पुर्णता दिनका लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।लघुउद्यम बिकाश कार्यक्रम मार्फत स्थानिय उत्पादनको साना तथा घरेलु उद्योग स्थापना गरि स्वरोजगारीताको श्रृजना गरिनेछ ।लघु उद्यमको लागी रु ३० लाख बजेटको ब्यबस्था मिलाएको छु ।
सहिद पार्क निर्माणको लागी रु ५ लाख बजेटको ब्यबस्था मिलाएको छु । करिमेलालाई नमुना पर्यटकिय गाउँको विकास गर्न“ रु ५ लाख रकम विनियोजन गरेको छु । माझखर्क गाउँ पदमार्ग ढलानको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।
माथी सबै शिर्षकमा गरी आर्थिक बिकाश तर्फ कुल बजेट रु ३ करोड ९२ लाख ५० हजार बजेटको ब्यस्था मिलाएको छु ।
२. सामाजिक विकास
गाउँपालिका स्तरीय पुस्तकालयको स्थापनाको लागी रु २ लाख, एक शिक्षण संस्था एक उद्यम कार्यक्रमको लागी रु ५ लाख २५ हजार, कोभिड-१९ बाट पुगेको शैक्षिक क्षतिको परिपुरण तथा अन्य विपदको समयमा सिकाई निरन्तरताका लागी विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम रु १ लाख १६ हजार, अध्यक्ष शैक्षिक सुधार कार्यक्रममा रु. ५ लाख ब्यबस्था मिलाएको छु ।प्राबिधिक धार तर्फ अध्ययनरत बिद्यार्थिहरुको आबास ब्यबस्थापनकोलागी रु ५ लाख बिनियोजन गरेको छु । सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड व्यवस्थापनकोलागी रु ७ लाख, कक्षा १-६ सम्मका विद्यार्थीहरुको दिवा खाजाका लागि विद्यालयलाई अनुदान कार्यक्रम संचालन गर्न रु ३४ लाख, सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि निशुल्क पाठ्यपुस्तक अनुदान रु १६ लाख ६१ हजार, गाउँपालिका स्तरीय शैक्षिक योजनाबमोजिम स्थानीय पाठ्यक्रमको आधारमा कक्षा ३ देखि ५ सम्म स्थानीय पाठ्यक्रममा आधिरत पाठ्यपुस्तक लेखनको लागी रु ६ लाख ,द्वन्द्व पिडित बालबालिकाहरूलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्नको लागि शैक्षिक छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता लगायतका कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु । विद्यार्थीको को अनुपातमा शिक्षक दरबन्दी कम भएका बिद्यालयहरुमा करार शिक्षक ब्यबस्थापनकोलागी रु 30 लाख 2७ हजार र कार्यालय सहयोगी, बाल बिकाश केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारीहरुको थप पारिश्रमिका लागी रु ४१ लाख बजेट बिनियोजन गरेको छु
आगामी आ.ब.मा ससर्त तर्फ १० करोड ९६ लाख २५ हजार र गाउँपालिकाबाट बिनियिजत रकम रु १ करोड १० लाख ८७ हजार गरि शिक्षा तर्फ कुल बजेट रु १२ करोड ४ लाख २ हजारको ब्यबस्था गरेको छु
गाउँपालिकामा निशुल्क स्वास्थ्य सेवा, नेपाल सरकारले तोके अनुसारका औषधी वितरण र एम्बुलेन्स सेवालाइ प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रकम विनियोजन गरेको छु । जोखिमपूर्ण रोगको उपचार र पहिचानमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गरेको छु । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ मोवाइल रिचार्ज खर्च, 10 वर्षे जीवन विमा तथा मासिक वैठक भत्ता लगायत अन्य सुविधाहरुको लागि आवश्यक रकम विनियोजन गरेको छु । सुनौलो हजार दिनका आमाहारुलाई पोषणयुक्त खानेकुरा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।
गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सशर्त अनुदान रु २ करोड ४१ लाख र गाउँपालिकाबाट बिनियोजित रु ३० लाख ८0 हजार गरी जम्मा रु २ करोड ७१ लाख ८० हजार बजेटको ब्यबस्था गरेको छु ।
यूवाहरुका लागि प्राविधिक तथा व्यवसायीक शिक्षाको साथै सीप, तालिम, प्रविधि र पूँजी उपलब्ध गराई स्वरोजगार तथा उद्यमशीलतामा संलग्न गराइने छ।गाउँपालिका स्तरीय खेलमैदान निर्माणलाई निरन्तरता दिनुका साथै सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने कार्यका लागी रु ७० लाखको ब्यबस्था मिलाएको छु ।खेलकुद प्रशिक्षण कार्यक्रमलाइ आगामी आ.व. मा पनि निरन्तरता दिइने छ जसको लागि रु 1१ लाख रकम विनियोजन गरेको छु ।गाउँपालिका भित्र रहेका युवाहरुलाई रोजगारमा आबद्ध गराउन अध्यक्ष रोजगार कार्यक्रम मार्फत १५ लाख रकम विनियोजन गरेको छु । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सुचिकृत बेरोजगार यूवालाई रोजगारी प्रदान गर्न रु ७३ लाख ७१ हजार बजेटको ब्यबस्था मिलाएको छु ।
अन्तराष्ट्रिय नारी दिवस. जनयुद्ध दिबस तथा सहिद सप्ताह कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु । महिला सशक्तिकरण कार्यक्रम जेष्ठ नागरिक सम्मान, दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरु तथा बालमैत्री स्थानीय साशसन प्रर्वद्धनको लागि आवश्यक रकम विनियोजन गरेको छु । मानब आश्रम भवन ब्यबस्थापनको लागी रु १२ लाख बजेट ब्यबस्था गरेको छु । लैङ्गिक समानता सामाजिक समावेसिकरणको लागि 3३ लाख ५० हजार रकम विनियोजन गरेको छु ।
आगामी आर्थिक वर्षमा संस्कृति प्रवर्द्धन कार्यक्रमको लागि रु ३ लाख र खानेपानी तथा सरसफाइको लागि रु ९६ लाख ६0 हजार रकमको ब्यस्था गरेको छु ।
माथी सबै शिर्षकमा गरी सामाजिक बिकाश तर्फ गाउँपिलकाबाट ससर्त अनुदान बाहेक कुल बजेट रु २ करोड ३६ लाख ३२ हजारको ब्यस्था मिलाएको छु ।
- पूर्वाधार विकास
रिजाल चोक-अमरभुमी-तारा-म्याग्दी सडक (शहिद मार्ग) गाउँपालिका देखि मुख्य राजमार्ग संग जोडिने मुख्य सडकको रुपमा कालोपत्रे गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने छ।हटिया घुस्मेली सादी सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग समन्वय गरिने छ
बराहखोला डोप्ता सडक निर्माणको लागि रु 15 लाख, सहिदमार्ग स्तरोन्नतीको लागि रु 20 लाख,घुस्मेली सभाहल सडक स्तरोन्नतीको रु ६० लाख, भातखाने डाँडा वडा नं. १ जाने मोटरबाटो स्तरोन्नतीको लागी रु १ करोड ४० लाख, सादी हिल गाउ पधेराखोला बराहखोला सडक स्तरोन्नतीको लागी रु ८० लाख बजेटको ब्यबस्था गरेको छु ।
स्थानीय विद्युत उत्पादन कार्यक्रम लागत सहभागीताको लागि रु. ५0 लाख बजेट विनियोजन गरेको छु । गाउँपालिका सिचाइ कार्यक्रमलाइ प्रवर्द्धन गर्न रु ४ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
आगामी आ.ब.मा पूर्वाधार बिकाश तर्फ कुल बजेट रु ५ करोड १२ लाख २० हजार बजेटको ब्यबस्था गरेको छु ।
- वन, वातावरण तथा विपद् व्यवस्थापन
जडिबुटी उत्पादनको लागि जडिबुटी खेतिको सम्भाव्यता अध्ययन गरी व्यवसायीक जडिबुटी खेति गर्न प्रोत्साहन गरिनेछ ।सडक निर्माणको क्रममा हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि वृक्षारोपण गरिनेछ ।पानीको मुहानको आसपास जमिनमा रुख काट्ने वा अन्य गतिविधि गर्न नपाइने नीति अवलम्बन गरिनेछ । गाउँपालिका भित्र चट्याङको जोखिम कम गर्न लाइटिङ एरेष्टर जडानको लागी ९ लाख, बिपत ब्यबस्थापन कोषको लागी रु ९ लाख, तार जाली खरिदको लागी रु १४ लाख, बाह्रै मास सडक संचालन तथा मर्मतको लागी रु ३० लाख बजेट बिनियोजन गरेको छु । आगामी आ.ब.मा वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल बजेट रु ७० लाख बजेटको ब्यबस्था गरेको छु ।
- सुशासन तथा संस्थागत क्षमता विकास
वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र, सार्वजानिक सुनुवाइ,सार्वजनिक सेवाको मापदण्ड, न्यायिक ईजलास कक्ष निर्माण, वैङ्किङ प्रणाली मार्फत वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरणको लागि आवश्यक रकम विनियोजन गरेको छु । टोल विकास संस्थाहरुलाइ तालिम तथा सञ्चार सुविधाको व्यवस्था गरेको छु । कर्मचारी तथा कल्याणकारी कोषको व्यवस्था गरेको छु। कर्मचारी अध्ययन तालिम तथा गाउपालिकामा कार्यालयहरुमा फर्निचर व्यवस्थापनको लागि आवश्यक रकम व्यवस्था गरिएको छ । गाउपालिकाको प्रशासनिक खर्चको लागि रु 6 करोड ४८ लाख १६ हजार रकम विनयोजन गरेको छु ।
सभाध्यक्षज्यू,
आगामी आर्थिक वर्षमा उल्लेखित वजेटको कार्यान्वयनबाट आर्थिक सामाजिक एवं पूर्वाधार लगायतका क्षेत्रहरुमा उल्लेखनीय रुपमा प्रगतीहुने अपेक्षा गरिएको छ । स्वीकृत कार्यक्रमहरुको विवरण, विनियोजन विधेयक, आर्थिक विधेयकहरुको मस्यौदा छलफलको लागि सम्मानित सदनमा यसै साथ संलग्न गरेको छु । धन्यवाद ।
मितिः २०७9 असार 9 गते ।
भिम बहादुर रोका
उपाध्यक्ष
ताराखोला गाउँपालिका
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य
ताराखोला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
अर्गल, बागलुङ
ताराखोला गाउँपालिका
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य
सम्माननीय सभाका सभाअध्यक्ष ज्यू,
सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित सम्पूर्ण महानुभावहरु,
संविधानसभाबाट जन आकांक्षा बमोजिमको संविधान निर्माणको विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलन तथा जनयुद्धद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको संविधान बमोजिम स्थापित यस स्थानीय सरकारमा पहिलो 5 वर्षे कार्यकाल पुरा गरी दोस्रो कार्यकालको पहिलो वर्षमा प्रवेश गर्दैछौं । जनताको इच्छा र अपेक्षा अनुसारको संविधान निर्माण गरी जनताले नै रोजेका जनप्रतिनिधिहरुद्वारा आफ्नै घर आगनमा छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्राप्तिका लागि त्याग र तपस्या सहित आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छु।
विगत दुइ वर्षमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को प्रभाव यस ताराखोला गाउँपालिकामा पनि परेको यहाँहरु सबैलाई सर्वविदित नै छ । यस महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण पटकपटक भइरहेको बन्दा बन्दीले गर्दा बजेट कार्यान्वयनमा देखिएका विभिन्न समस्याहरुका बाबजुत पनि हाम्रा आर्थिक, सामाजिक, भौतिक लगायतका सम्पूर्ण क्षेत्रका कार्यहरु अगाडि बढिनै रहेका छन् । यस विषम परिस्थितिको सामना गर्नको लागि सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी व्यक्ति तथा संघसंस्थाहरु, जिउ ज्यानको प्रवाह नगरी अग्र पंङ्तिमा खटिनु हुने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरू, जनप्रतिनिधिहरु लगायत सम्पूर्ण प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । कोभिड १९ संक्रमित भई उपचारको क्रममा दिवंगत हुनुभएका यस ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य तथा जुझारु महिला नेतृ तेजुमाया भण्डारी परियार लगाएत ४ जना नागिरक प्रति हार्दिक श्रद्धांजलि प्रकट गर्न चाहन्छु ।
गाउँपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित प्रयोग गरी रोजगारी सिर्जना गर्दै गरिबी निवारण गरी आर्थिक र भौतिक रुपमा समृद्ध ताराखोलाको निर्माण गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो । जटिल भौगोलिक संरचनाका बीचमा भइरहेका पूर्वाधार निर्माणका कार्यहरूको कारणले वर्षातको समयमा हुने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको सिर्जना भई सार्वजनिक पूर्वाधार क्षेत्रमा गरिएको लगानीको समुचित प्रतिफल प्राप्त हुन नसक्नु, अव्यवस्थित बसाइसराइका कारण सार्वजनिक क्षेत्रमा गरिएको लगानी को लाभ लिने जनसंख्या घट्दै जानु, दक्ष र सीपयुक्त जनशक्तिलाई पालिका क्षेत्रमा रोजगारी उपलब्ध गराउन नसकिनु जस्ता चुनौतीहरू हाम्रा सामु रहेका छन् । यद्यपि कृषि र पशु पालनलाई व्यवसायिक बनाई, पर्यटन पूर्वाधारको निर्माण गरी, प्राकृतिक स्रोतहरूको समुचित उपयोग गर्दै रोजगारी सृजना गरी गरिबी निवारण तर्फ जोड दिइ“कृषि, पर्यटन,वन, उद्योग र रोजगारीको सबल पूर्वाधार, गुणस्तरीय स्वास्थ्य र शिक्षा सहितको आत्म निर्भर र समृद्ध ताराखोलाको कार्यभार”भन्ने दीर्घकालीन सोचलाई पुस्ट्याई गर्नेतर्फ बजेटलाई केन्द्रित गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको बजेटका प्रमुख उद्देश्यहरु प्रस्तुत गर्न चाहन्छु।
- कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक र आधुनिक प्रविधिमा रुपान्तरण गरि नागरिकको जिवनस्तरमा सुधार गर्नुको साथै, कृषि सहकारीलाई प्रवर्धन गर्ने।
- शिक्षाको गुणात्मक सुधारमा जोड दिने ।
- सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिने ।
- जनसुरक्षाको लागि विपद जोखिम उत्थानशिल विकासमा जोड दिने ।
- पर्यटकिय क्षेत्रहरुको पहिचान र विस्तारको लागी आवश्यक पुर्वाधारको विकास गर्ने ।
- सामाजिक विभेद, अन्धविश्वास लगायत समाजमा रहेका असमानता, कु-संस्कार र कुरिती अन्त्यका लागि न्याय, समानता प्रवर्द्धनमा जोड दिने ।
- सार्वजनिक सेवामा आधुनिक सुचना प्रविधि तथा संचारको भरपुर प्रयोग गर्ने ।
- आधुनिक पूर्वाधार विकास गरि दैनिक जनजीवनलाई सहज बनाउने ।
- उद्योग संचालन गर्न उद्यमीहरुलाई अनुकुलित वातावरण सिर्जना गर्ने ।
- वनको संरक्षण तथा व्यवस्थापन गर्ने ।
- युवाहरुलाई ‘अध्यक्ष रोजगार कार्यक्रम’मार्फत रोजगारउन्मुख बनाउने ।
- सर्वपक्षिय विकासको मार्गदर्शनको रुपमा गाउँपालिकाको आर्थिक सर्वेक्षण तयार गर्ने ।
- स्थानीय स्रोत साधानहरुको अधिकतम परिचालन गरि आत्मनिर्भर अर्थतन्त्रको आधार तय
गर्ने । - शहिद, वेपत्ता, घाईते, अपाङ्ग व्यक्ति तथा अति गरिब परिवारको लागि आवश्यकताको आधारमा आर्थिक, भौतिक, सामाजिक, नैतिक र कानुनी रणनीति तयार गरि शहिद पार्क/ युद्ध स्तम्भ निर्माण गर्ने ।
- स्वच्छ पिउने पानी र सरसफाईको सुनिश्वितता गर्ने ।
- बहुवर्षीय र समपुरक आयोजनाहरुलाई निरन्तरता गर्ने ।
- सशर्त अनुदानका कार्यक्रम मार्फत कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र उद्यम क्षेत्रको विकासमा टेवा पुर्याउने ।
अब म आगामी आर्थिक वर्षमा उल्लेखित उद्देश्य परिपूर्ति गर्न बजेटका प्रमुख प्राथमिकताहरु प्रस्तुत गर्दछु।
- सामाजिक विकास
- सडक, खानेपानी, भवन तथा अन्य पूर्वाधार निर्माण
- कृषि, पशुपालन, सहकारी, उद्योग र पर्यटन मार्फत आर्थिक विकास
- वन, वातावरण तथा विपद व्यवस्थापन
- सुशासन तथा संस्थागत क्षमता विकास
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षको कुल बजेट तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु।
आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदान रू 16 करोड ५४ लाख, वित्तिय समानीकरण अनुदान रू ७ करोड 99 लाख र राजश्व बाँडफाँडबाट रू 6 करोड 73 लाख 26 हजार प्राप्त हुने भएको छ । त्यसै गरी गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रू 79 लाख ६4 हजार, राजश्व बाँडफाँडबाट रू 38 लाख 9 हजार प्राप्त हुने भएको छ । संघीय सरकार बिषेश अनुदान रु १ करोड २० लाख, संघीय सरकारको समपुरक अनुदान रु ७० लाख, गण्डकी प्रदेश सरकार ससर्त अनुदान रु ६० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान रु ४० लाख, यस आर्थिक वर्षमा चालु र पूँजीगत तर्फबाट रू ८२ लाख 9३ हजार मौज्दात रहने अनुमान रहेको छ। आन्तरिक आयलाई आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गरी कर र राजश्वको दायरा बृद्धि गर्ने योजना अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी रू 50 लाख हुने अनुमान गरेको छु। उल्लेखित अनुमानको आधारमा आगामी आर्थिक वर्षमा गाउँपालिकाको कुल आय रू ३६ करोड ६६ लाख 9२ हजार मात्र हुने अनुमान गरेको छु।
सभाध्यक्ष ज्यू,
अब आगामी आर्थिक वर्षको प्रमुख कार्यक्रमहरु तथा क्षेत्रगत व्यय प्रस्तुत गर्दछु ।
आगामी आर्थिक वर्षमा कर्मचारी तथा जनप्रतिनिधिहरूको सेवा सुविधा तथा कार्यालय सञ्चालन र प्रशासनिक चालु खर्चतर्फ रू 6 करोड 7 लाख विनियोजन गरेको छु । पुँजीगत खर्च कुल रु 1४ करोड ६३ लाख २९ हजार र चालु खर्च सशर्त अनुदान सहित रु २२ करोड ३ लाख 6७ हजार गरी आगामी आर्थिक वर्षमा कुल रु आय रू ३६ करोड ६६ लाख 9२ हजार विनियोजन गरेको छु ।
सभाध्यक्ष ज्यू,
अब म आगामी आर्थिक वर्षमा गाउँपालिकाले कार्यान्वयन गर्ने प्रमुख कार्यक्रम तथा क्षेत्रगत विनियोजन प्रस्तुत गर्न चाहन्छु ।
१. आर्थिक विकास तर्फ
गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि आफै कृषि उत्पादनमा सहभागी भई उत्पादन र रोजगारी श्रृजना गर्नेछ । गाउँपालिकामा खेती नगरी छोडिएको बाझो जग्गालाई लिजमा लिई संस्थागत र नीतिगत पुर्वाधार तयार गरी दक्ष जनशक्तिहरुका साथ “ताराखोला जैबिक कृषि बगैंचा कार्यक्रम निरन्तरता गर्न संघ र स्थानीय सरकारको साझेदारीमा रु 1० लाख रकम विनियोजन गरिएको छ ।ताराखोला किबि बगैचा ब्यबस्थापनकोलागी रु ५ लाख बजेटको ब्यबस्था गरेको छु । कृषकहरुलाई कृषि औजार खरिद तथा अनुदान वितरण गरी कृषिमा आधुनिकिकरण र यन्त्रीकरण गरिनेछ कृषि औजार खरिद गरी वितरण र प्रविधि हस्तान्तरणको लागि आगामी आ.व. मा ७ लाख ७5 हजार रुपैया विनियोजन गरेको छु ।निशुल्क माटो परिक्षाण गरी माटोमा खाद्य तत्व तथा प्रबिधि हस्तारण गर्न आबस्यक बजेटको ब्यबस्था मिलाएको छु । फलफुल विरुवा रोपण, किसान सुचिकरण कार्यक्रम, कृषि पशुपंक्षी तत्थ्याङ्क अध्याबधिक कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ । गाउँपालिकाको उत्पादनलाई भण्डारण गरी मुल्य अभिबृद्धिका साथ स्थानीय उत्पादनको बजारीकरणको लागि संकलन केन्द्र, कोल्ड स्टोर, लेवलिङ्ग तथा प्याकेजिङ्ग को व्यवस्था गरिनेछ ।जसको लागि रु 90 लाख रकम विनियोजन गरेको छु । बाझो जग्गालाई भाडामा लिई खेति गर्ने कृषकलाइ प्रति रोपनि बार्षिक रु २००० प्रोत्साहन स्वरुप उपलब्ध गराई कृषि उत्पादकत्व बृद्धि सँगै स्वरोजगार र आत्मनिर्भर बनाईने छ । वास्तबिक कृषकलाई आर्थिक सहायता प्रदान गरिनुका साथै कृषि बिमामा प्रिमियम अनुदानको ब्यबस्था मिलाएकोछु ।आगामी आ.ब.मा कृषि बिकाशका कार्यक्रम प्रभाबकारी बनाउन कृषि बिकाश शाखामा अधिकृत स्तरको कर्मचारी रहने ब्यबस्था मिलाएको छु । आगामी आ.ब.मा ससर्त र गाउँपालिकाबाट बिनियिजत रकम सहित कृषि बिकाश तर्फ कुल बजेट रु १ करोड ५६ लाख २५ हजारको ब्यबस्था गरेको छु ।
चालु आ.व. मा पशु विकास पकेट कार्यक्रम सञ्चालन गरिएकोमा सो कार्यक्रमलाई निरन्तरता दिईएको छ ।सबै वडामा पशुसेवा प्राबिधिकको ब्यबस्था गरी पशु-पंक्षि तथा मत्स्य औषधी निशुल्क वितरणको व्यवस्था मिलाईने छ । दुग्ध संकलन केन्द्र स्थापना गर्नुका साथै दुग्धजन्य पदार्थको उत्पादन तथा भण्डारण, बिबिधिकरण र बजारीकरणको व्यवस्था गरिनेछ। जसको लागि रु. ८0 लाख विनियोजन गरेको छु । आगामी आ.ब. बाट गाउँपालिकाका ५ बटै वडाबाट पशुमा कृत्रिम गर्भाधान गर्ने ब्यबस्था मिलाएको छु ।महामारीका पशुरोग नियन्त्रणको लागी भेटेरीनरी अस्पताल बागलुङको सहकार्यमा पूर्णखोप कार्यक्रम संचालन गरिनेछ । पशु बिमा कार्यक्रमलाइ प्रभाबकारी रुपमा संचालन गर्नकोलागी अभिमुखीकरण कार्यक्रम संचालनको लागी रु १ लाख बजेटको ब्बस्था मिलाएको छु । पशु विकास तर्फ सशर्त अनुदानमा नयाँ बाख्रा पकेट कार्यक्रम लगायत कार्यक्रमलाइ निरन्तरताको ब्यबस्था मिलाएको छु ।स्वच्छ र स्वस्थ मासु बिक्री तथा सेबनको ब्यबस्था मिलाउन ५ वटा मासुपसल सुधारको कार्यक्रमको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।
आगामी आ.ब.मा ससर्त र गाउँपालिकाबाट बिनियिजत रकम सहित पशु बिकाश तर्फ कुल बजेट रु १ करोड १९ लाख ६० हजारको ब्यबस्था गरेको छु ।
गाउँपालिकाको स्वामित्व रहने गरि कृषि / बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना गरि उत्पादनमूलक तथा कृषि/पशुपालन र रोजगारी वृद्धिको लागी उत्पादन तथा बजारीकरणमा जोडिनेछ ।सहकारीलाई कानुन बमोजिम अनुदान सहित सहकारी खेति, भण्डारण, प्रसोधन र बजारीकरणमा जोडिनेछ ।ताराखोला गाउँपालिकाले बैंक तथा वित्तीय संस्थाहरु सँग सहकार्य गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ ।सहकारी अनुगमनलाई प्रभावकारी बनाइनुका साथै अव्यवस्थित सहकारीहरुलाई मर्ज तथा बन्द गरी व्यवस्थीत गरिने छ । सञ्चालनमा नरहेका सहकारीहरुलाई बन्द गर्न प्रोत्साहन गरिने छ । साथै सहकारीहरुलाई व्यवस्थीत गर्न सहकारीका सदस्यहरुलाई तालिमको व्यवस्था गरिने छ । गाउँपालिकामा रहेका सहकारीहरुलाइ copomiss मा आबद्ध गराइनेछ ।कोपोमिस संचालन तालिमको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु । सहकारी क्षेत्रको लागि रु. 6५ लाख विनियोजन गरेको छु ।
ताराखोला गाउँपालिका वडा नं. १ भुस्कातमा निर्माणधिन औधोगिक ग्रामलाई पुर्णता दिनका लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।लघुउद्यम बिकाश कार्यक्रम मार्फत स्थानिय उत्पादनको साना तथा घरेलु उद्योग स्थापना गरि स्वरोजगारीताको श्रृजना गरिनेछ ।लघु उद्यमको लागी रु ३० लाख बजेटको ब्यबस्था मिलाएको छु ।
सहिद पार्क निर्माणको लागी रु ५ लाख बजेटको ब्यबस्था मिलाएको छु । करिमेलालाई नमुना पर्यटकिय गाउँको विकास गर्न“ रु 5 लाख रकम विनियोजन गरेको छु । माझखर्क गाउँ पदमार्ग ढलानको लागी आबस्यक बजेटको ब्यबस्था मिलाएको छु ।
माथी सबै शिर्षकमा गरी आर्थिक बिकाश तर्फ कुल बजेट रु ३ करोड ९२ लाख ५० हजार बजेटको ब्यस्था मिलाएको छु ।
२. सामाजिक विकास
गाउँपालिका स्तरीय पुस्तकालयको स्थापनाको लागी रु २ लाख, एक शिक्षण संस्था एक उद्यम कार्यक्रमको लागी रु ५ लाख २५ हजार, कोभिड-१९ बाट पुगेको शैक्षिक क्षतिको परिपुरण तथा अन्य विपदको समयमा सिकाई निरन्तरताका लागी विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम रु १ लाख १६ हजार, अध्यक्ष शैक्षिक सुधार कार्यक्रममा रु. ५ लाख ब्यबस्था मिलाएको छु ।प्राबिधिक धार तर्फ अध्ययनरत बिद्यार्थिहरुको आबास ब्यबस्थापनकोलागी रु ५ लाख बिनियोजन गरेको छु । सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड व्यवस्थापनकोलागी रु ७ लाख, कक्षा १-६ सम्मका विद्यार्थीहरुको दिवा खाजाका लागि विद्यालयलाई अनुदान कार्यक्रम संचालन गर्न रु ३४ लाख, सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि निशुल्क पाठ्यपुस्तक अनुदान रु १६ लाख ६१ हजार, गाउँपालिका स्तरीय शैक्षिक योजनाबमोजिम स्थानीय पाठ्यक्रमको आधारमा कक्षा ३ देखि ५ सम्म स्थानीय पाठ्यक्रममा आधिरत पाठ्यपुस्तक लेखनको लागी रु ६ लाख ,द्वन्द्व पिडित बालबालिकाहरूलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्नको लागि शैक्षिक छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता लगायतका कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु । विद्यार्थीको को अनुपातमा शिक्षक दरबन्दी कम भएका बिद्यालयहरुमा करार शिक्षक ब्यबस्थापनकोलागी रु 30 लाख 2७ हजार र कार्यालय सहयोगी, बाल बिकाश केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारीहरुको थप पारिश्रमिका लागी रु ४१ लाख बजेट बिनियोजन गरेको छु
आगामी आ.ब.मा ससर्त तर्फ १० करोड ९६ लाख २५ हजार र गाउँपालिकाबाट बिनियिजत रकम रु १ करोड १० लाख ८७ हजार गरि शिक्षा तर्फ कुल बजेट रु १२ करोड ४ लाख २ हजारको ब्यबस्था गरेको छु
गाउँपालिकामा निशुल्क स्वास्थ्य सेवा, नेपाल सरकारले तोके अनुसारका औषधी वितरण र एम्बुलेन्स सेवालाइ प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रकम विनियोजन गरेको छु । जोखिमपूर्ण रोगको उपचार र पहिचानमा खटिने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गरेको छु । महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ मोवाइल रिचार्ज खर्च, 10 वर्षे जीवन विमा तथा मासिक वैठक भत्ता लगायत अन्य सुविधाहरुको लागि आवश्यक रकम विनियोजन गरेको छु । सुनौलो हजार दिनका आमाहारुलाई पोषणयुक्त खानेकुरा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।
गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सशर्त अनुदान रु २ करोड ४१ लाख र गाउँपालिकाबाट बिनियोजित रु ३० लाख ८0 हजार गरी जम्मा रु २ करोड ७१ लाख ८० हजार बजेटको ब्यबस्था गरेको छु ।
यूवाहरुका लागि प्राविधिक तथा व्यवसायीक शिक्षाको साथै सीप, तालिम, प्रविधि र पूँजी उपलब्ध गराई स्वरोजगार तथा उद्यमशीलतामा संलग्न गराइने छ।गाउँपालिका स्तरीय खेलमैदान निर्माणलाई निरन्तरता दिनुका साथै सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने कार्यका लागी रु ७० लाखको ब्यबस्था मिलाएको छु ।खेलकुद प्रशिक्षण कार्यक्रमलाइ आगामी आ.व. मा पनि निरन्तरता दिइने छ जसको लागि रु 1१ लाख रकम विनियोजन गरेको छु ।गाउँपालिका भित्र रहेका युवाहरुलाई रोजगारमा आबद्ध गराउन अध्यक्ष रोजगार कार्यक्रम मार्फत १५ लाख रकम विनियोजन गरेको छु । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सुचिकृत बेरोजगार यूवालाई रोजगारी प्रदान गर्न रु ७३ लाख ७१ हजार बजेटको ब्यबस्था मिलाएको छु ।
अन्तराष्ट्रिय नारी दिवस. जनयुद्ध दिबस तथा सहिद सप्ताह कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु । महिला सशक्तिकरण कार्यक्रम जेष्ठ नागरिक सम्मान, दलित जनजाति अपाङ्गता भएका व्यक्तिहरु तथा बालमैत्री स्थानीय साशसन प्रर्वद्धनको लागि आवश्यक रकम विनियोजन गरेको छु । मानब आश्रम भवन ब्यबस्थापनको लागी रु १२ लाख बजेट ब्यबस्था गरेको छु । लैङ्गिक समानता सामाजिक समावेसिकरणको लागि 3३ लाख ५० हजार रकम विनियोजन गरेको छु ।
आगामी आर्थिक वर्षमा संस्कृति प्रवर्द्धन कार्यक्रमको लागि रु ३ लाख र खानेपानी तथा सरसफाइको लागि रु ९६ लाख ६0 हजार रकमको ब्यस्था गरेको छु ।
माथी सबै शिर्षकमा गरी सामाजिक बिकाश तर्फ गाउँपिलकाबाट ससर्त अनुदान बाहेक कुल बजेट रु २ करोड ३६ लाख ३२ हजारको ब्यस्था मिलाएको छु ।
- पूर्वाधार विकास
रिजाल चोक-अमरभुमी-तारा-म्याग्दी सडक (शहिद मार्ग) गाउँपालिका देखि मुख्य राजमार्ग संग जोडिने मुख्य सडकको रुपमा कालोपत्रे गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिने छ।हटिया घुस्मेली सादी सडक कालोपत्रे गर्न प्रदेश सरकारसँग समन्वय गरिने छ
बराहखोला डोप्ता सडक निर्माणको लागि रु 15 लाख, सहिदमार्ग स्तरोन्नतीको लागि रु 20 लाख,घुस्मेली सभाहल सडक स्तरोन्नतीको रु ६० लाख, भातखाने डाँडा वडा नं. १ जाने मोटरबाटो स्तरोन्नतीको लागी रु १ करोड ४० लाख, सादी हिल गाउ पधेराखोला बराहखोला सडक स्तरोन्नतीको लागी रु ८० लाख बजेटको ब्यबस्था गरेको छु ।
स्थानीय विद्युत उत्पादन कार्यक्रम लागत सहभागीताको लागि रु. ५0 लाख बजेट विनियोजन गरेको छु । गाउँपालिका सिचाइ कार्यक्रमलाइ प्रवर्द्धन गर्न रु 4 लाख 50 हजार रकम विनियोजन गरिएको छ ।