३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ धौलागिरि बागलुङले गर्‍यो वृक्षरोपण

सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरि बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ३ कैलामपोखरी परिसरमा वृक्षरोपण गरेको छ।

वातावरण संरक्षण गर्ने उदेश्यले  लायन्स क्लब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लब अफ ब्यु सीपसंग संयुक्त रूपमा कार्यक्रम गरि विभिन्न बिरुवा रोपिएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ धौलागिरिका  पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, लायन्स क्लबका रिजन चेयरपर्सन तालबहादुर कुँवर, डिपुटी डिपार्टमेन्ट चिफ कविता बस्नेत, लायन्स अफ बागलुङ ब्लु सिटीका अध्यक्ष इन्द्र बहादुर थापा, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्षका जुनु श्रेष्ठ, लगायतका बक्ताहरूले वृक्षरोपण गर्नुमात्र ठूलो कुरा नर्भइ रोपेको विरूवाको संरक्षण गर्न जरुरी रहेको धारणा राखेका थिए ।

लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष निर्माण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सृजना श्रेष्ठ र लायन्स क्लब अफ बागलुङ सिटीका सचिव शर्मिला थापाको संचालनमा सम्पन्न भएको थियो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung