१७ बैशाख २०८१, सोमबार

 

नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

जापानको राजधानी टोकियो र अर्को शहर फुकुओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेस्टिभलपछि जापानको तेस्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेस्टिवल हुने भएको छ ।

टोकियोमा भएको नेपाल फेष्टिबलको उद्‌घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र फुकुओकामा भएको नेपाल फेष्टिबलको उद्‌घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले गरेका थिए ।

सामाजिक सञ्जालमा टोकियोको फेस्टिवल एमालेमय र फुकुओकाको फेस्टिभल माओवादीमय भयो भन्दै टिका टिप्पणी भएका थिए । यद्यपि फुकुओकामा पूर्व प्रधानमन्त्रीको हैसियतले प्रचण्डद्वारा फेस्टिभल उद्‌घाटन गरिएको एनआरएनए जापानका सचिव देवराज उप्रेतीको भनाई छ । त्यस्तै टोकियोमा भएको फेस्टिवलमा राष्ट्रियसभा अध्यक्षको हैसियतले फेस्टिवल उद्घाटन भएको बताउँदै एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले राष्ट्रिय सभा अध्यक्ष कुनै पार्टीको नहुने तर्क गर्छन् ।

आगामी सेप्टेम्बर ३ तारिख शनिबार र ४ तारिख आइतबार नागोयामा हुने नेपाल फेष्टिबलको तयारी तीव्र पारिएको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए । फेस्टिभल नागोयाको मुटु साकायको स्थित इडिओन हिसाया स्वायर पार्कमा हुने बताइएको छ ।

यो फेस्टिभल नागोयामा दोस्रो पटक आयोजना हुँदैछ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने उक्त फेस्टिवलमा स्थानीय संघसंस्था तथा व्यक्तिहरूको समेत उत्साहजनक साथ सहयोग रहेको एनआरएनए नागोयाका उप संयोजक कृष्ण गौतमले बताए ।

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू रहने फेस्टिवलका स्टल व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए ।

फेस्टिवलको हरेक गतिविधिमा सिस्टम र पारदर्शीताकलाई ध्यानमा राखेर कार्य गरिएको उनको धारणा छ । एनआरएनए आइसिसी सदस्य समेत रहेका फेस्टिवल मूल आयोजक समितिका संयोजक दीपक कार्की दोस्रो पटक नागोयामा नेपाल फेस्टिवल आयोजना गर्न पाएकोमा उत्साहित भएको बताउँछन् । जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैबाट साथ र सहयोग रहेको उनी बताउँछन् ।

काम गर्ने क्रममा कहीँ कतै कमी कमजोरी रहे त्यसलाई समीक्षा गर्दै सच्याउन सकिने बताउँदै फेस्टिवल मूल आयोजक उपसंयोजकसमेत रहेका अर्जुन केसीले फेस्टिवललाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न लागि पर्नुपर्ने बताए । फेस्टिवलमा नेपाली कला संस्कृति झल्कने भेसभुसा, कला , खानपिन तथा रहन सहनको बारेमा प्रस्तुति रहने बताइएको छ ।

एनआरएनए जापानका सचिव समेत रहेका फेस्टिवल आयोजक समितिका सचिव श्याम शीतलका अनुसार फेस्टिवल गर्नु मात्र ठूलो कुरा नभई, फेस्टिवलमा व्यवस्थापन कस्तो थियो भन्नेले महत्त्व राख्ने धारणा राख्छन् ।

त्यस्तैले फेस्टिवललाई उत्कृष्ट व्यवस्थापन गर्दै भव्य बनाइने उनले बताए । जापानमा हुने नेपाल फेस्टिवलहरुमा बेला(बेलामा आर्थिक क्रियाकलापमा प्रश्न चिन्ह उठेन गरेको सम्बन्धमा यो फेस्टिभलमा हरेक हिसाब किताब पारदर्शी राखिने र फेस्टिवल सकिन साथ आय(व्यय सार्वजनिक गरिने आर्थिक व्यवस्थापन समिति संयोजक डिलाराम खरेलले बताए ।

कुनै पनि कारोबार बैकबाट मात्र गरिने खरेलको भनाई छ। फेस्टिवल तयारीको हाल सम्मको गतिविधि र भावी कार्य योजना सम्बन्धमा जानकारी गराउन छिट्टै पत्रकार सम्मेलन आयोजना गरिने लागेको फेस्टिवल प्रचार(प्रसार समितिका संयोजक भवानी पन्तले बताए । फेस्टिभलमा नेपालीले प्रयोग गर्ने ढिकी, जाँतो एवं बारदली भएको घरसमेत हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्