२० बैशाख २०८१, बिहीबार

 

क्यान बागलुङको अध्यक्षमा राजभण्डारी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान जिल्ला शाखा बागलुङको अध्यक्षमा सुदिप राजभण्डारी चयन भएका छन् । आईतबार सम्पन्न चौथो जिल्ला अधिबेशनले राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्यान बागलुङको उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा देवी प्रसाद आचार्य, कोषाध्यक्षमा विकास श्रेष्ठ र सह–सचिवमा अनन्त विजय श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा विमला शर्मा पौडेल, दया शर्मा, युवराज कँडेल, अविनाश शर्मा चयन भएका छन् ।

सातौं साधारणसभा तथा चौथो अधिबेशनको उद्घाटन गर्दै क्यान केन्द्रिय सदस्य कुमार पौडेलले व्यवसायीक वातावरण नरहेको वर्तमान परिस्थितिसँग जुध्ने नयाँ नेतृत्व क्यान बागलुङले पाएको बताए । पौडेलले क्यानले कम्प्युटर बजारमा नयाँ नयाँ आयामहरु ल्याईरहेको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्