२८ बैशाख २०८१, शुक्रबार

 

पर्यटन प्रर्वद्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखरा विन्धवासिनीसम्म साईकल र्‍याली

पर्यटटन प्रर्वद्धन र पर्यावरण संरक्षणको लागि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरदेखि पोखराको विन्धवासिनी मन्दिरसम्म साइकल यात्रा गरिएको छ ।

साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ, कालिका भगवती गुठी,होटल व्यवसायी संघ,शालिग्राम संग्राहलय र जिल्ला साइकल एशोसियसनको व्यवस्थापनमा साइकल यात्रा गरिएको हो ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उदेश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको धार्मिक गन्तव्य बिन्धबासिनी मन्दिरसम्म साईकल ¥याली आयोजना गरिएको छ ।

करिव १ सय ५० साइकलयात्री बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजार परिक्रमा गरि बागलुङ नगरपालिका ४ कुडुँले स्थित शालिग्राम संग्रालय परिक्रमा गरि पोखराको विन्धबासिनी गएका छन् ।

बागलुङ कालिका मन्दिर प्राङगणबाट ¥याली सुभारम्भ गर्दे गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले सांस्कृतिक एवं पर्यावरणीय संरक्षण र वातावरण प्रदूषणको समस्या समाधानको लागि साइकलको विकल्प नरहेको बताए ।

कार्यक्रमा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल , जिल्ला प्रहरी कार्यालय बागलुङको प्रमुख दयानिधि ज्ञवाली, बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष नरेश कँडेल, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

झण्डै दुई वर्षसम्म विश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई पुरानो लयमा फर्काउन स्थानीय तह र सरोकारवाला एकजुट भएर अगाडि सरेका छन् ।

साईकल सिटी पोखराको आयोजना , बागलुङ नगरपालिका ,कालिका भगवती गुठी व्यवस्थापन समिति ,होटल ब्यवसायी संघ लगायत विभिन्न संघ सस्थाको संयोजनमा बागलुङमा पर्यटन प्रर्बद्वन गर्ने उद्देश्यले नेपाल धार्मिक पर्यटकीय केन्द्र कालिका मन्दिरदेखि पोखराको बिन्धबासीनि मन्दिरसम्मको ७२ किलोमिटर साईकल र्याली गरिएको साइकल सिटीका उपाध्यक्ष राजन गोङ्गजुले बताए ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । यस पटक पटकको ¥यालीमा ७ वर्षदेखि ६० वर्षसम्मका साइकल यात्री र विदेशी पर्यटक समोट सहभागि छन् ।

जलवायु परिवर्तनले वातावरणमा प्रभाव पारेको छ यसलाई मध्य नजर गर्दै साईकल यात्रा गरिएको छ यसलाई सकारात्मक पक्ष भएको भन्दै यसलाई निरन्तरता दिन जरुरी रहेको शालग्राम संग्रहालयका प्रमुख ऋषि स्वामीले बताए ।

बागलुङ कालिका मन्दिर परिसरदेखि बागलुङ बजार परिक्रमा हुँदै पोखराको विन्दवासीनी मन्दिरसम्म साईकल र्याली आयोजना गरेर पोखरादेखि बागलुङ सदरमुकामसम्म सुरक्षित रूपमा विभिन्न पर्यटकीय दृश्य अवलोकन गर्दै साईकल यात्रा गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

साइकल ¥यालिमा सहभागिलाई कालिका भगवती मन्दिर व्यवस्थापन समितिले मन्दिरमा, बागलुङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी, उद्यमशिल मगर महिला संघले लोकतान्त्रिक चोकमा, बागलुङ नगरपालिका ४ रमेटारमा स्थानीयले र कुडुँलेको शालग्रा संग्राहलयमा स्वागत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्