७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा ट्रायल दिदै गरेको नक्कली परिक्षार्थी पक्राउ

बागलुङ / सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा (ट्रायल) दिदै गरेका दुई नक्कली परिक्षार्थीलाई जिल्ला प्रहरी कार्यलय बागलुङले पक्राउ गरेको छ । एक व्यक्तिको नामबाट अर्को व्यक्तिले प्रयोगात्मक परीक्षा दिदैं गरेको अवस्थामा बागलुङ नगरपालिका–१ खनियाघाट स्थित ट्रायल दिने स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–२० भलामका २४ वर्षीय कुशल गुरुङ र सोही स्थानका २० वर्षीय अशोक गुरुङ रहेको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले नयाँ विश्वालाई जानकारी दिनुभयो । सवारी चालक अनुमती पत्रको लागि लिखित परीक्षा उर्तिण गरेका कुशल गुरुङको नाममा अशोक गुरुङले प्रयोगात्मक परीक्षा (ट्रायल) दिदै गरेको अवस्थामा दुवैलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई १० दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्