२३ बैशाख २०८१, आईतवार

 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ६ हजार ३ सय कायम

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला १ हजार रूपैयाँको वृद्धिसँगै सुनको मूल्यले यसअघि २५ फागुन २०७८ को रेकर्ड तोडेको हो । सो दिन सुनको प्रतितोला उच्चतम मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको प्रतितोला मूल्य भने १ लाख ५ हजार ८ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले वृद्धि भएर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ ।

मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।

नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ । यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्