बागलुङ । बागलुङका व्यवसायी दयाराम पौडेल नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका छन् । पोखरामा सोमबारबाट सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको छैठौं प्रदेशसभाबाट सदस्यमा निर्वाचित हुनु भएको हो ।
पौडेलले उद्योग वाणिज्य संघ बागलुङको महासचिव भै काम गरि सक्नु भएको थियो । छैठौं प्रदेशसभाबाट गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनको् अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका दाबेदार नवलपुरका भट्टचन र स्याङजाका शोभाकान्त पौडेलले दाबी गरेपछि सहमतिमा गोलाप्रथा गरिएको थियो ।
गोलाप्रथामा भट्टचन अध्यक्षमा चयन भएका छन् । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा एसोसिएटबाट कास्कीका सूर्यबहादुर भुजेल र जिल्ला नगर उपाध्यक्षमा पर्वतका केदारनाथ शर्मा, कोषाध्यक्षमा नवराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् ।
समितिको सदस्यमा गोपी अधिकारी, हरिकुमार श्रेष्ठ, गुणराज सिलबाल, केदारप्रसाद पराजुली, दयाराम पौडेल, रामचन्द्र रेग्मी, सीता सुवेदी, हरि शर्मा गैरे, काशी गुरुङ, रामकली खड्का, झलकलाल श्रेष्ठ चयन भएका छन् । संघको सल्लाहकारमा श्रवणकुमार जोशी, लक्ष्मीप्रसाद त्रिपाठी, लीलाबहादुर अधिकारी, राजेश थापा, मोतीप्रसाद पौडेल चयन भएका छन् ।













































































































































































































