५ श्रावण २०८३, मंगलवार

 

बागलुङमै मेसिनबाट कुँदेका फर्निसिङका सामानको उत्पादन सुरु

बागलुङ फर्निचर तथा फर्निसिङ क्षेत्रमा बागलुङवासीको छनोट बदलिन थालेको छ । बदलिदो संस्कृति र जीवनशैलीका कारण उच्च गुणस्तरका उत्पादनप्रति मानिसहरु आकर्षित भएको पाइन्छ । बढ्दो बजारीकरण र आर्थिक अवस्था राम्रो बन्दै जान थालेपछि दैनिक जीवनमा प्रयोग हुने फर्निचर तथा फर्निसिङका सामानहरुमा ग्राहकहरुको आर्कषण बढेको हो ।

बागलुङ नगरपालिका ६ भान्सामा संचालित विदुर फर्निचर उद्योगले पनि फर्निचर उद्योगमा आधुनिक मेसिन सिएनसीको प्रयोग थालेर फर्निचरका समानहरु उत्पादन गरी रहेका छन् । अहिले ग्राहकहरुले काठका कलात्मक झ्यालढोका माग गर्न आधुनिक मेसिन ल्याएर उत्पादन थालेको संचालक वेगनारायण शर्मा बताउनु भयो ।

बुद्ध, लक्ष्मी, शिव पार्वती,गणेश आदीको आकृति कुँदिएको झ्याल र ढोकाहरु र ग्राहकको मागअनुसारको सोफा दराज ,प्लङ, लोवेड सजावटका सामान, अन्य विविध सामाग्रीहरु तयार पार्न आधुनिक मेशिनको प्रयोग भित्राएको संचालक शर्माले बताउनु भयो । अब हरेक ग्राहकले रोजेको आकृति र बुट्टा कम्प्युटरको माध्यमबाट डिजाई गरि सेवा दिन थालेको उहाले बताउनु भयो ।

मौलिक घरको झ्याल–ढोका र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि चलि आएकोमा अब मेसिटबाटै कुँदन सकिने संचाक शर्माले जानकारी दिनु भयो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान ऐतिहासिक र महत्वपूर्ण छ।विहार, मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ।

शर्माको काठसँग साइनो जोडेको ३० वर्षभन्दा बढी भयो। विसं २०५० मा गाँउमै व्यावसयिक रूपमा लागेका शर्मा अहिलेसम्म यही पेसामा हुनु हुन्छ। उहाले काठको काम सानैदेखि सिकेको बताउनु भयो । केही समय भारत पुगेर आएका उपाध्यायले केही महिला काठमाण्डौ गएर आधुनिक प्रविधिको प्रयोग बारे तालिम लिएको बताउनु भयो ।

‘सानैदेखि यही कामले मन तान्यो। हातमा सीप भएपछि आम्दानी पनि राम्रै हुने देखे ’, उहाले भन्नु भयो, ‘साथीहरू कोही–कोही विदेश गए। मलाई त कहिल्यै जामजाम जस्तो लागेन।’ अहिले शर्मा परिवारको खर्च काष्ठकलाले धानेको छ। ‘म यो कामबाट सन्तुष्ट छु। यो कामले सबैथोक दिएको छ’, उहाले भन्नु भयो, ‘यसबाट भएको आम्दानीले खान पुगेको छ।’ श्रीमती उषा शर्माको साथले उद्योग चलाउन सहज भएको उहा बताउनु हुन्छ ।

घरको काम गरेर बचेको समय काममा सघाउने गरेको उषा शर्माले बताउनु भयो । उहाको उद्योगमा उद्योगमा झ्याल,ढोका बाहेक कलात्मक काठमा कुँदेका गौतम बुद्ध, लक्ष्मी, शिव पार्वती,गणेश आदीको आकृति कुँदिएको जस्तो भन्यो त्यस्तै र ग्राहकको मागअनुसारको आकार र डिजाइनका झ्यालढोका, सोफा दराज ,पलङ, लोवेड सजावटका सामान, मोडुलर किचन, विभिन्न अफिसियल तथा घरायसी फर्निसिङका सामान बनाउन थालिएको छ ।

फर्निचर क्षेत्रमा ३० वर्ष लामो आफ्नो अनुभवलाई अझै विश्वसिलो बनाउँदै लगेको उपाध्यायले विशेष गरी आकर्षक कलर डिजाइनका सोफा सेटहरु, दरज पलङ डाइनिङ टेवल, घर, कार्यालय, होटलका लागि इन्टेरियर डिजाइन सेवा समेत उपलब्ध गराईने उपाध्यायले बताउनु भयो । उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाइएको हुनाले फिनिसिङ उत्कृष्ट, र आकर्षक छन् । आधुनिक प्रविधि र डिजाइनरको सहायतामा उत्पादन गरिरहेको छ । लगानी रहेको उद्योगको बागलुङ नगरपालिका ४ उपल्लाचौरमा आफ्नै आउटलेट सोरुम छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung