२३ बैशाख २०८१, आईतवार

 

राजभण्डारी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा बागलुङका व्यवसायी युवराज राजभण्डारी निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवारी दिएका राजभण्डारी र गोरखाका जीवनज्योति श्रेष्ठले आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार श्रेष्ठले पहिलो १८ महिना र राजभण्डारीले बाँकी १८ महिना नेतृत्व गर्ने छन् ।

सामाजिक व्यक्तित्वको पहिचान बनाएका राजभण्डारी बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । २०५८ सालबाट बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध राजभण्डारी संघको सदस्य, उपाध्यक्ष, प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष भएर सफलता पूर्वक नेतृत्व गरिसकेका छन् ।

बागलुङका पुराना सुनचाँदी व्यवसायी समेत रहनु भएका राजभण्डारी सुनचाँदी व्यवसायी संघ बागलुङका पूर्वअध्यक्ष समेत हुन् । राजभण्डारी निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागलुङका अध्यक्ष भएर काम गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्