२२ बैशाख २०८१, शनिबार

 

नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन

नेपाल उद्योग वाणिज्य महासंघको बिहिबार सम्पन्न निर्वाचनले चन्द्र ढकालको नेतृत्वमा ६४ जना सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ ।

५७औं वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका हुन्। साथै जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य, एशोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्।

एसोसिएटतर्फ १९ जना, जिल्ला नगरतर्फ १८ जना, वस्तुगत तर्फ १४ जना र हरेक प्रदेशबाट ७ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

एसोसिएटतर्फ : 

  • अम्बिका प्रसाद पौडेल
  • अविनाश बोहोरा
  • आनन्द कुमार बगेरिया
  • उज्वल कुमार श्रेष्ठ
  • ऋषि अग्रवाल
  • गोपाल खनाल
  • जुना माथेमा
  • डा. रामशरण थपलिया
  • देश्बन्धु बस्नेत
  • प्रवल जङ पाण्डे
  • मनोज पौडेल
  • राजेशकुमार अग्रवाल
  • बाबुकाजी महर्जन
  • शक्तिकुमार बेगानी
  • सुशील थापा
  • शैलेन्द्र गुरागाईं
  • सन्दीपकुमार अग्रवाल
  • सुनिल नारायण श्रेष्ठ
  • हेमन्त गोल्छा

जिल्ला नगरतर्फ 

  • मोहन प्रसाद श्रेष्ठ
  • प्रयास कार्की
  • अमरेश चन्द्र बैदार
  • तारा बहादुर कार्की
  • नविन रिजाल
  • उमेश डालमिया
  • बेदबहादुर श्रेष्ठ
  • उज्ज्वल प्रसाद कसजु
  • अब्दुल वाहिद मन्सुर
  • कल्पना गैरे
  • किशोर कुमार आचार्य
  • केशब प्रसाद भण्डारी
  • कृष्ण कुटवाल
  • पुष्पराज कुंवर
  • अनिलकृष्ण श्रेष्ठ
  • गोकुल श्रेष्ठ
  • निरक के.सी.
  • लक्ष्मण राज पौडेल

वस्तुगततर्फ 

  • नरेशलाल श्रेष्ठ
  • लिलेन्द्र प्रसाद प्रधान
  • हरिबहादुर कार्की
  • शिवप्रसाद घिमिरे
  • अरनिको राजभण्डारी
  • डा. सुबोधकुमार गुप्ता
  • रविन पुरी
  • शोभा ज्ञवाली
  • भक्तबहादुर हमाल
  • नानीराज घिमिरे
  • मनोज अधिकारी
  • कमला श्रेष्ठ
  • पशुपतिदेव पाण्डे
  • राजकुमार कार्की ‘राजु’

हरेक प्रदेशबाट 

  • कोशी प्रदेश– नरेन्द्र कुमार खड्का
  • मधेश प्रदेश– अरुण कुमार प्रधान
  • बागमति प्रदेश– सविन श्रेष्ठ
  • गण्डकी प्रदेश – जीवन ज्योति श्रेष्ठ र युवराज राजभण्डारी –आधा/आधा कार्यकाल
  • लुम्बिनी प्रदेश– जम्सेर मियाँ
  • कर्णली प्रदेश– नानिराम बुढा
  • सुदुरपश्चिम प्रदेश– जंगबहादुर मल्ला

त्यस्तै द्विदेशीय संघको तर्फबाट सुनील केसी विजयी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्