६ जेष्ठ २०८१, आईतवार

 

विद्यार्थीले सुनाए किबदन्तीमा आधारित कथाहरु

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङमा संचालित बाजेबज्यैको कथा मेरो चित्र कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम समापनका अवसरमा बोल्दै बरिष्ठ बाल साहित्यकार धुव्र घिमिरेले बालबालिकालाई पुरानो पुस्तासँगको सम्बन्ध गहिरो बनाउनका लागि यस्ता खालका कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले राष्ट्र बाँच्नका लागि कला, संस्कृति, इतिहासको कथा र गाथा पुस्तान्तरण हुन अवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रिड नेपालकी वरिष्ठ फिल्ड संयोजक बिना गोलेले बाजेबज्यैले सुनाउने कथाहरु हाम्रो बहुमुल्य सम्पत्ती भएकाले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले हजुरबा हजुरआमासँगै हुर्केका बालबालिका सभ्य र सुसंस्कृत हुने हुनाले उनीहरुसँग घुलमिल हुने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै तालिममा सहभागी विद्यार्थीहरु प्राथना ओझा, दिपन पाण्डे,एञ्जल घमालले बाजेबज्यैका कथा सुनेर लेख्न र चित्र कोर्न पाउदा खुसी लागेको बताएका थिए ।

बाजेबजैसँग कथा सुनेर कथा लेख्ने र चित्र कोेर्ने सीप र ज्ञानले बालबालिकालाई इतिहाससँग जोड्ने र बालकालिकाहरुले बाल साहित्य लेख्न प्रेरित गर्ने विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले बताउनु भयो ।
कार्यक्रममा एञ्जल घमाल, सम्पदा चोखाल, संगम क्षेत्री लगाएतका विद्यार्थीहरुले किबदन्तीमा आधारित लेखेको कथाहरु पनि सुनाएका थिए ।कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामथापाको अध्यक्षता र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्