६ जेष्ठ २०८१, आईतवार

 

यी हुन् मदन पुरस्कारका लागि छनौटमा परेका उत्कृष्ट ५ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार- २०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट गरेका छन् । गुठीले ३१३ पुस्तकमध्ये उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकहरूमा विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, सुविन भट्टराईको इजोरिया, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यिनै पुस्तकको सूचीबाट एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ का लागि मदन पुरस्कार दिइनेछ ।विसं २०१२ सालमा मदन पुरस्कार गुठी स्थापना भएको थियो ।

गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधानमा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्