काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गर्दा उत्पादित सबै बिजुली बिक्री नभएको बताउनु भयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको ढकालको भनाई थियो ।
दोर्दी कोरिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको ढकालले बताउनु भयो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएको विभिन्न समस्या समाधान गर्ने आफू लागि पर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको नेतृत्वसँगको भेटवार्तामा मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएको समस्याको बारेमा सरकार, निजी क्षेत्र र सरोकारवासँग छलफल र संवादबाट समस्याको समाधान गर्ने बताउनु भयो ।
यसै गरी केहि दिनदेखि उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका र पटक पटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएकोले यसको तत्काल समस्या समाधान गर्न अध्यक्ष ढकालले आग्रह गर्नु भयो।













































































































































































































