४ जेष्ठ २०८१, शुक्रबार

 

नेकपा माओवादी केन्द्र तमानखोला गाउँ कमिटीको पूर्ण बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र, तमानखोला गाउँ कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पूर्ण बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुँवरले जजनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो ।

सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई अवगत राउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। नेकपा माओवादी केन्द्र तमानखोला गाउँ कमिटी अध्यक्ष अन बहादुर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा गण्डकी प्रदेश सचिबालय सदस्य राजिब घिमिरे, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य चन्द्र अर्याल, नरेन्द्र छन्त्याल, जिल्ला समन्वय सद्स्य हेमेन्द्र घर्ती, नारायण सुनार, थम बहादुर रोका लगाएतले बोल्नु भएको थियो । बैठकले विशेष रुपान्तरण अभियान अन्तर्गत वडा केन्द्रित अभियान को कार्ययोजना निर्माण गरेको छ । बैठकको संचालन सचीव छवि श्रीपालीले गर्नु भएको थियो ।

अभियान अन्तर्गत यही भाद्र १६ देखि मंसिर १५ सम्म घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने नाराका साथ घरदैलो, जनभेटघाट, अन्तक्रिया, संगठन विस्तार, जनसेवा मुलक आदी कार्यहरु माओवादी केन्द्रले वडा तहमा अभियानकै रुपमा संचालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्