६ जेष्ठ २०८१, आईतवार

 

पुस्तक विनाको संसार संम्भव छैन् : लेखक गनेस पौडेल

बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बुधबार ‘किन पढ्ने पुस्तक’ विषयमा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमर्श कार्यक्रममा बोल्दै लेखक गनेस पौडेलले असल र जिम्मेवार चिन्तनसिल नागरिक निर्माण गर्न पुस्तकको ठूलो महत्व भएको बताउनु भयो ।

पुस्तक पढ्ने आफ्नो दैनिक आनीवानी वनिसकेको भन्दै आफूलाई प्रत्येक दिन किताव पढ्ने लत बसेको बताउनु भयो । जसरी चिया खाइन्छ, खाना खाइन्छ, मर्निङ वाक गरिन्छ त्यस्तै गरी किताव पढ्न पनि संस्कार बसेको पौडेलको भनाई थियो ।

पुस्तकसँगको संगत अविरल भएको र संसारका जति पनि सफल धनी, खेलाडी, नेता, वैज्ञानिक, प्रशासनक, शिक्षक, कवि, लेखक छन् उनीहरुले सृजनशिल र गहन कृतिहरुको अध्ययन गरेको हुन्छन् पौडेलले बताउनु भयो । त्यसैले भाषा र पुस्तक विनाको संसारको हामीले कल्पना पनि गर्न सक्दैर्नौं ।

नेपालमा अनावश्यक प्रचारको भोक र हतारमा लेखक बन्ने होडले बजारमा खराब पुस्तकहरु पनि आइरहेको र त्यसले पठन संस्कृतिमा नराम्रो असर परेको औल्याउनु भयो ।

समाजलाई चाहिनेभन्दा नचाहिन पुस्तक बढि प्रकाशन हुँदा पढ्नेले पढ्न छाडेको बताउनु भयो । पुस्तक पठन संस्कृतिको विकासको लागि घर, समाज, विद्यालय, विश्वविद्यालय र पुस्तकालयले विद्यार्थीहरुबिच अन्तर संवाद र छलफल निरन्तर चलाउनु पर्ने बताउनु भयो ।

यसले मात्र समाजमा जागरुक र सचेत युवाहरुको उत्पादन हुने पौडेलको तर्क थियो । विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको बताउदै पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

आधुनिक प्रविधिको अहिलेको युगमा पुस्तक र पुस्तकालयको स्वरुप बदलिएकोले यस परिवर्तनलाई आत्मासाथ गरेर पुस्तकालयको सेवालाई डिजिटल माध्यममा लगेर पुस्तकालय नआउने पाठकलाई पनि जोड्नु पर्ने पौडेलले पुस्तकालयका संचालकहरुको ध्यानकर्षण गराउनु भयो । सो कार्यक्रमको सहजिकरण पत्रकार आरके अदीप्त गिरीले गर्नु भएको थियो ।

विद्यामन्दिर पुस्तकालय बागलुङले सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले विमर्श कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ज्ञान आर्जनमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । पाठकमा पढ्ने वानीमा कमी आएको भन्दै नमूना पुस्तकालयको अवधारणका साध अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

पुस्तकालय ज्ञानको भण्डार रहेको भन्दै पुस्तकालयहरु युग सुहाउदो व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो । नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको जोड दिनुभयो ।
हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाई रहेको छ ।

तेश्रो दिन भएको कार्यक्रम विद्यामन्दिर पुस्तकालयको मुख्य आयोजना, लायन्स क्लव अफ धवलागिरि, रोटरी क्लव अफ बागलुङ र बागलुङ जेसीजको आयोजना र बागलुङ नगरपालिका तथा बैङ्कर्स बागलुङको सहकार्यमा सम्पन्न भएको थियो । सो कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्