२४ बैशाख २०८१, सोमबार

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङ नगर समितिले मनायो वासु स्मृति दिवस

बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङ नगर समितिको आयोजनामा २४ औं वासु स्मृति दिवस मनाएको छ । शनिबार नगरसमितिले वासु स्मृति दिवसको साथै हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र र जनवर्गिय संगठनहरुले आज तत्कालिन नेकपा माओवादीको पोलिटव्युरो सदस्य सुरेश वाग्ले ९वासु०को स्मृति दिवस मनाइएको हो । वि।सं। २०५५ मा तत्कालीन नेकपा माओवादीको वैकल्पिक पोलिट्व्युरो सदस्य बनेका वाग्लेलाई २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

उनलाई नजिकबाट चिन्नेहरुका अनुसार वि।सं। २०५६ भदौमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल ९उमा भुजेलका श्रीमान० र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भदौ २३ गते छोप्राकमा नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भएको थियो ।

 

 

त्यसपछि घेरा तोड्न खोज्दा वाग्लेसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो । प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल भइन् । वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे र प्रहरीले त्यही गोली हानेर हत्या गरेको थियो ।

कार्यक्रम बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभा सदस्य कुसुम बुडा मगरले सहिदहरुको योगदानले नै नेपालमा गणतन्त्र स्थापना भएको भन्दै सहिदको सपना साकार पार्न र जनताको जिवन स्तर माथि उठाउन लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा माओवादीका जिल्ला संयोजक राजिव घिमिरे, कार्यालय सचिव चन्द्र थापा शिखर, बेपत्ता परिवारका अध्यक्ष जसोदा शर्मा, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङको संयोजक ललिता थापा, सचिव दिल कुमारी पुन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम धनमाया शर्माको अध्यक्षता, टीका भण्डारीको स्वागत र शान्ता नेपालीको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा शान्ता नेपालीको अध्यक्षतामा २१ सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नगर समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्