२४ बैशाख २०८१, सोमबार

 

कौशी थियटरमा बिहेको माहोल

काठमाडौं । टेकुस्थित कथा घेराको कौशी थियटरमा नाटक ‘वेडिङ एल्बम’ मन्चन भइरहेको छ। भारतीय नाटककार गिरिश कर्नाडद्वारा लिखित नाटकको नेपाली रुपान्तरण एवं निर्देशन आकांशा कार्कीले गरेकी हुन।

नाटकमा एउटा मध्यम वर्गीय परिवारकी कान्छी छोरीको विवाहको तयारी भइरहँदाको पारिवारिक माहोल र यससँगै जोडिएका विविध आयामहरुलाई समेटिएको छ।

संस्कृति र सामाजिक प्रतिष्ठाका नाममा हुने खर्चिलो बिहे, पारिवारिक दबाब र तनाव, वैमनस्यताका साथै मानसिक स्वास्थ्य, यौन दुर्व्यवहार लगायतका विषयलाई व्यंग्यात्मकरुपले प्रस्तुत गरिएको छ।

नाटकले ढोंगी समाज र पितृसत्तात्मक सोचमा जेलिएको पारिवारिक माहोलको चित्रण गरेको छ। यस्तै मानवीय सम्बन्धका जटिलता र पात्रहरुको जोखिमलाई मिहिन ढङ्गले उजागर गरेको छ।

नाटक प्रस्तुत गर्नका लागि रिभल्भिङ स्टेजको प्रयोग गरिएको छ, जस्ले वर्तमान र भविष्यमा भएका गतिविधिलाई रोचकतापूर्वक दर्साउँछ।

नाटकमा लू:निभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, रन्जना भट्टराई, विनिता लामा गुरूङ, सेविता अधिकारी, नवीन चन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठी र आकांक्षा कार्कीको अभिनय छ।

आगामी असोज २७ गतेसम्म मञ्चन हुने नाटकमा इँगिहोपो कोइच सुनुवारको प्रकाश परिकल्पना छ भने नरेश गजुरेल र सुरज मल्लको ध्वनी परिकल्पना रहेको छ।

प्रतिक्रिया दिनुहोस्