२५ बैशाख २०८१, मंगलवार

 

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

काठमाडौं । मदन पुरस्कार गुठीले २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई दिएको छ । आज बसेको गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मुखियाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् ।

उनले धेरै साहित्यीक पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्र कोरेका छन् ।दुवैको पुरस्कारको राशी चार(चार लाख रुपैयाँ रहेको गुठीले जनाएको छ ।

मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई दिने गरिन्छ ।

ऐँठन ओझाको दोस्रो कृति हो । यस अघि उनले लेखेको ऐलानी उपन्यास पनि राम्रो चर्चा पाएको थियो । ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोग्नु परेको विषय समेटिएको छ ।

मदन पुरस्कार गुठीले उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर समावेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्