२५ बैशाख २०८१, मंगलवार

 

वंश-रत्न ट्रस्टद्वारा मोहन विक्रम सिंह, श्याम श्रेष्ठ र प्रा डा नरेन्द्र नायक सम्मानित

काठमाडौं । वंश-रत्न मेमोरियल ट्रस्टले तीन जना मानववादी व्यक्तित्वहरूलाई “वंश–रत्न मानववादी सम्मान” बाट सम्मानित गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रस्टले राजनीतिज्ञ तथा भौतिकवादी चिन्तक मोहन विक्रम सिंह, राजनीति विश्लेषक श्याम श्रेष्ठ तथा भारतका मानववादी अभियानकर्मी प्रा.डा.नरेन्द्र नायकलाई सम्मानित तथा पुरस्कृत गरेको हो।

उहाँहरूलाई वरिष्ठ पत्रकार भैरव रिसालको हातबाट दोसल्ला ओढाई एक-एक लाख नगद सहित सम्मान गरिएको थियो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूमध्ये राम प्रकाश पुरीले मोहन विक्रम सिंह, राजेन्द्र महर्जनले श्याम श्रेष्ठ र सोच संस्थाका कार्यकारी प्रमुख उत्तम निरौलाले प्रा.डा.नरेन्द्र नायकको बारेमा प्रष्ट पार्नु भएको थियो।

कार्यक्रममा सम्मानित व्यक्तित्व श्याम श्रेष्ठ तथा प्रा. डा. नरेन्द्र नायकका साथै मानव अधिकारकर्मी राम देव पाण्डे, डा. दामोदर पुडासैनी, पूर्वप्रधानाध्याधिश कल्याण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कार्यक्रमका प्रमुख अथिति वरिष्ठ पत्रकार भैरव रिसाल, संस्थाका प्रधान संरक्षक वालकृष्ण श्रेष्ठ ‘नेभा’ले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वंश-रत्न मेमोरियल ट्रस्टकी अध्यक्ष सन्त कुमारी श्रेष्ठको अध्यक्षता, ट्रस्टकी सचिव अमिता श्रेष्ठको स्वागत मन्तव्य तथा उत्तम निरौलाको संचालनमा संपन्न भएको थियो ।

ट्रस्टले कुरीति, कुसंस्कार, अन्धविश्वास र सबैखाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व अथवा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्