१७ बैशाख २०८१, सोमबार

 

गाजा अस्पतालमा इजरेलको हवाई आक्रमण : कम्तीमा ५०० जनाको मृत्यु

काठमाडौं । गाजा सिटीस्थित एउटा व्यस्त अस्पतालमा भएको हवाई आक्रमणमा कम्तीमा ५०० जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।मङ्गलवार राति अल-अहली अरब अस्पतालमा गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पतालमा शरण लिइरहेका मानिसहरूले ज्यान गुमाएका छन् ।

अल-अहली अरब अस्पतालमाथि भएको हवाई आक्रमणमा बच्चाहरु र महिलाहरुको धेरै मृत्यु

यसलाई आम नरसंहार भनि विश्वव्यापी रुपमा निन्दा भएको छ । मङ्गलवार राति सार्वजनिक भएका अस्पतालका तस्बिरहरू र भिडियोमा त्यहाँको अस्तव्यस्त र भयावह दृश्य देखिन्छ।त्यहाँ रगतले लतपतिएको अवस्थामा घाइतेहरुलाई रातको अँध्यारोमा स्ट्रेचरहरूमा बाहिर निकालिएको थियो।

यस घटनामा बच्चा र महिलाहरुको धेरै मृत्यु भएको छ । घाइतेहरुको अवस्था हेर्दा थप मानविय क्षेति हुने देखिन्छ । अहिले त्यहाँको अवस्था दर्दनाक रहेको, सयौं घाइतेहरुको उद्दार गरिएको छ । हमास र प्यालेस्टिनी अधिकारीले इजरेलको हवाई हमालको कारण यो घटना भएको बताएको छ ।

त्यस अस्पतालका मेड्साँ सँ फ्रोन्टिअरका प्लास्टिक सर्जन डा घसन सित्ताहले बीबीसीलाई भने हामी अस्पतालमा काम गरिरहेका थियौँ, त्यहाँ शक्तिशाली विस्फोटन भयो र शल्यक्रिया गरिने कोठाको छत खस्यो।

यो एउटा नरसंहार हो – सर्जन डा घसन सित्ताह

यो एउटा नरसंहार हो, युद्धमा घाइते भएकाहरूको उपचार गर्न सहयोग गरिरहेका मेड्साँ सँ फ्रोन्टिअरका प्लास्टिक सर्जन डा घसन सित्ताहले भने।त्यहाँ अस्पतालको ८० प्रतिशत सेवा बन्द गरिएको छ। त्यहाँ १,००० मानिस मारिएको वा घाइते भएका छन् भन्ने अनुमान छ।

करिब ६ सय विस्थापित मानिसहरूले अस्पताल परिसरमा आश्रय लिइरहेका थिए ।अहली अल-अरब अस्पताल पूर्ण रूपमा एङ्ग्लिकन चर्चद्वारा दिइने आर्थिक सहायताबाट सञ्चालित छ।

प्रत्येक दिन गाजामा इजरेली लडाकु विमानद्वारा बमबारी

गत आइतबारदेखि प्रत्येक दिन गाजामा इजरेली लडाकु विमानहरूले बमबारी गरिरहेका छन्। जस्ले गर्दा गाजामा मृत्यु हुनेको संख्या तीन हजार पुगेको छ ।तर इजरेलको सेनाको प्रवक्ताले आफूले अस्पतालमा हमाल नगरेको बताएका छन् ।

तर इजरेली सेनाले त्यो प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणको नतिजा भएको बताएको छ।उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ। इजरेलको लडाकु विमानले अस्पतालमाथि बम प्रहार गरेको हमासले भनेको छ ।

गाजामा पानी, खाद्यान्न र औषधीको चरम अभाव

यस क्षेत्रमा इजरेलले नाकाबन्दी गरेकोले त्यहाँ पानी, खाद्यान्न र औषधीको चरम अभाव देखिएको छ । गाजामा मानवीय सहायतको पर्खाइमा सर्वसाधारण बसि रहेका छन् । हमास र फ़लस्तीनी प्रशासनको प्रमुख महमूद अब्बासले अस्पतालमा इजरेली हवाई हमलाका कारण सयौं नागरिकहरुले ज्यान गुमाएको बताइएको छ ।

यस घटनापछि जोर्डनमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन, जोर्डनका राजा अब्दुल्ला, प्यालेस्टिनी अधिकारी र इजिप्टको प्रतिनिधिको बीचमा हुने भनिएको महत्वपूर्ण बैठक रद्द भएको छ ।

अस्पतालमाथि भएको युद्ध अपराधले यस क्षेत्रमा गर्न खोजिएको शान्ति प्रयासलाई गम्भीर धक्का लागेको छ । गत शनिबार इजरेलमाथि हमासले गरेको आक्रमणमा १३ जनाले ज्यान गुमाएको थियो । इरानले यसको इजरेलले गम्भीर परिणाम भोग्नु पर्ने बताएको छ ।

कुनै पनि बिरामीलाई अस्पतालको बेडमा मारिनु हुँदैन – रेडक्रसको अन्तर्राष्ट्रिय समिति

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालमाथि भएको हमालबाट स्तब्ध भएको बताएको छ। अस्पतालहरू मानव जीवन बचाउने स्थल हुनुपर्छ, मृत्यु र विनाशको स्थल होइन, कुनै पनि बिरामीलाई अस्पतालको बेडमा मारिनु हुँदैन।

कुनै पनि डाक्टरले बिरामीलाई बचाउँदै गर्दा आफ्नो ज्यान गुमानुपर्ने अवस्था बन्नु हुँदैन, अस्पतालहरू अन्तर्राष्ट्रिय मानवतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन अन्तर्गत सुरक्षित हुनै पर्छ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले भनेको छ ।

प्यालेस्टिनी नागरिकहरु र स्वास्थ्यकर्मीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्छ – विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल प्यालेस्टिनी नागरिकहरु र स्वास्थ्यकर्मीहरूको सुरक्षाको प्रत्याभूति हुनु पर्ने बताएको छ। इजरेली सेनाले उत्तरी गाजाका २० अस्पताललाई खाली गर्न दिएको निर्देशन फिर्ता लिन विश्व स्वास्थ्य सङ्गठनले अपिल गरेको छ ।

अस्पतालमाथिको हमालको रुस, जोर्डन, साउदी अरब, मिस्र, यूएईले अमेरिकी नीति र इजरेलको हस्तेक्षपकारी क्रियाकलापको परिणाम भएको भनि विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्