१६ बैशाख २०८१, आईतवार

 

चाडपर्वमा हुने कालोबजारी रोक्न बजार अनुगमनलाई तीब्र बनाउछौं : प्रजिअ रिजाल

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले  मूल्य वृद्धि नियन्त्रणको लागि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी रिजालले कालोबजारी रोक्न बजार अनुगमनलाई तीब्र बनाउन बताउनु भयो ।

दसैं, तिहारलगायत चाडपर्व नजिकै आएको बेला चिनी,मासु, फलफूल, दुध, जिरा, आटा, तेल, चामल लगाएतको सामानको मूल्य आकाशिएको र आम उपभोक्ता चरम मारमा परेको पत्रकारको प्रश्नमा सामानको अभाव हुन नदिन र मूल्य नियन्त्रणका लागि बजार अनुगमन प्रभावकारी बनाउने रिजालले बताउनु भयो । यसको लागि किनारा होलसेल व्यवसायीहरुसँग बैठक आयोजना गर्ने जानकारी दिनु भयो ।

प्रशासनमा आउने नागरिकको जस्तो सुकै काम पनि एकै दिनमा सक्ने गरी सेवा प्रवाह गर्ने बताउनु भएको छ । पत्रकारसँग भएको अन्तरक्रिया कार्यक्रममा रिजालले यस्तो बताउनु भएको हो ।

जिल्लामा मुख्य चुनौतिका रुपमा रहेको लागुऔषध नियन्त्रणको लागि प्रशासनले काम गर्ने बताउदै आत्महत्या लगाएका जघन्य अपराध नियन्त्रण, बागलुङमा विकास निर्माणमा हुने ढिलासुस्ती, जिल्लामा सहकारी पीडितको समस्या, लाई आफूले राज्यले तोकेको कानुन अनुसार काम गर्न आवश्यक निर्देशन दिने बताउनु भयो ।

बुर्तिवाङको इलाका प्रशासन कार्यलयबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्ने बताउनु भयो ।सो अवसरमा जिल्ला प्रशासन कार्यलयबाट पछिल्लो ३ महिनामा गरेको प्रगति विवरण बारेमा जानकारी गराइएको थियो ।

प्रशासनले श्रवण १ गतेबाट असोज मसान्तसम्म १ हजार १ सय ५१ जनालाई नयाँ नागरिकता वितरण गरेको, १ हजार ६२ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरेको, २ सय ४२ जनालाई नावालक परिचय पत्र वितरण गरेको, २ हजार ४ सय ४३ जनालाई राहदानी वितरण गरेको छ भने २ हजार ७ सय ६९ जनालाई जिल्लाबाट सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनु भयो ।

प्रशासनले ३ महिनामा १ करोड ५६ लाख ८१ हजार ४ सय ७५ राजश्व शंकलन गरेको छ ।सो कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्