सन् १९७५ मा जापान भ्रमण जाँदा लिले एउटा गज्जबको दृश्य देखे । उनी बसेको होटलमा काम गर्ने महिलाले आफु, निस्केपछि हरेक पटक कोठाको बत्ती निभाउँथिन् ।
पछि उनले सोधे, हरेकपटक म निस्केपछि तिमीले बत्ती निभाउँछ्यौ नि रु उनले जवाफ दिइन् हाम्रो देशमा यतिबेला उर्जा संकट बढेको छ । एक मिनेटका लागि मात्र पनि विद्युत उर्जा बचायो भने धेरै ठुलो योगदान हुन्छ ।
उनको यो जवाफ सुनेर लि चकित परे । होटलमा काम गर्ने जाबो एउटी कामदारमा देशमा लागि उर्जा बचाएको कुरा गर्वका साथ सुनाइरहेकी थिई ।
एकछिनको उर्जाले पनि देश बन्छ भन्ने उनले सोचेका पनि थिएनन् । मानौ देशभरिका मानिसले खेर गइरहेको विद्युत् उर्जालाई एक मिनेटका लागि मात्र बचाए भने करोडौ मिनेट बचत हुन्छ ।
त्यो करोडौ मिनेट बचत भएको उर्जा ज्यादै आवश्यक परेकाकहरुले प्रयोग गर्ने अवसर पाउँछन् । यस्तो उर्जा बचतको क्रम त्यहाँ विजुली बत्तीमा मात्र थिएन , हरेक कुरामा थियो ।
अर्को उदाहरण उनले आफु बसेको होटलमा तुलनात्मक गर्मी थियो र एयर कन्डिस्नर खोल्दा २५ डिग्री सेल्सियसभन्दा कममा झदैनथ्यो ।
जति कम तापक्रममा झा¥यो, त्यसले उति बढी उर्जा खपत गर्ने भएकाले मध्यम तापक्रममा स्थिर राखिएको थियो ।
त्यस्तै सडकमा जाँदा निजी कार चालकहरुल ट्राफिक रातो बत्ती बलेको ठाउँमा थोरै समयका लागि भए पनि आफ्नो कारको इन्जिन बन्द गरेको पाए ।
यसले लाखौ कारले खाने पेट्रोल ऊर्जा थोरै भए पनि बचत हुन्थ्यो । लिले आत्मकथामा लेखेका छन् , हेर्दा यो कुरा ज्यादै सानो लोभीपन यस्तै नीति ल्याए ।

निश्चित कोटाको उर्जा चाहिँदोभन्दा बढी प्रयोग गरेको खण्डमा हरेक कारखानाले किन बढी उर्जा प्रयोग गरेको हो भन्नेमा स्पष्टीकरण दिनुपर्ने र त्यो थप उर्जा प्रयोगका लागि मिनिस्ट्री अफ ट्रेड एन्ड इन्डस्ट्रीबाट स्वीकृति लिनुपर्ने नीति बनाए ।
तर जापान जति सफल हुन नसकेको उनको स्वीकारोक्ति छ ।उर्जा प्रयोग नीतिकै कारण जापनले उर्जा प्रयोग कम हुने गाडी, कारखाना ,विद्युतिय सामग्री र अन्य चिज बनाउन सफल भयो ।
उता अमेरिकामा भने यस्ता कुरामा ध्यान नदिइएको उनले पाए । यद्यपि त्यहाँ स्कुलदेखि नै यस्ता कुरा सिकाउने चलन भने छ । जापानी प्रबन्धन तथा व्यवस्थापन शैली संसारभर नै प्रख्यात छ ।
त्यस्तै प्रबन्धन र व्यवस्थापन शैली सिंगापुरेलाई सिकाउन लिले नेसनल प्रोडक्टिभिटी बोर्ड निमार्ण गरे । १० वर्षे कार्यनीति लिएर जापनी जतिकै सशक्त प्रबन्धन र व्यवस्थापन शैली, शिल्प अँगाल्ने रणनीति बनाए ।
त्यसले निकै राम्रो सफलता हात पारेको लिको अनुभव छ । जपानमा कुनै ठुलो कम्पनीको व्यवस्थापनक वा प्रबन्धकले आफ्नो गल्तीले त्यो कम्पनीलाई ठुलो घाटा लागेको खण्डमा उसले लाजका कारण आत्महत्या गर्छ । यस्तो कुरा अन्य ठाँउमा पाइँदैन ।
आफ्नो गल्ती स्वीकार्ने र त्यो गल्तीबाट पाठ सिक्नु त कहाँ हो कहाँ अरुलाई दोष लगाएर उम्कने चलन अन्यत्र पाइन्छ तर जापानमा भने गल्ती महसुस मात्रै भयो भने पनि त्यो गल्तीलाई भरसक सच्याउने तर सच्याउन नसके आत्महत्यासम्मको बाटो रोज्ने गरेको उदाहरण लिले देखे ।
यस्तो जिम्मेवारीबोधबाट उनी छक्कै परेका छन् ।जापानीहरुको अपनत्वको धारणा गज्जबको छ । उनीहरुले सिंगापुरमा कुनै नयाँ व्यापार सुरु गरे भने आफुलाई चाहिने सहायक चिजबिजहरु जापानबाटै ल्याउने गर्छन ।
आफले कुनै कारखाना खोले भने कारखानालाई चाहिने सहायक कम्पनीहरु पनि खोल्छन् । हुँदाहुँदा आफुलाई मनपर्ने स्वादको जापनी रेस्टुराँ सिंगापुरमै खोल्छन् , कामदार उतैबाट ल्याउँछन्, भरसक आफ्नै उत्पान प्रयोग गर्छन् ।
रेस्टुराँ र खानपानमा अन्य देशका मानिसहरुले यस्तो गरेको देखिए पनि आफ्नै देशमा उत्पादित सबै सामान प्रयोग गर्ने चलन चाहिँ त्यो बेला जापानीहरुमा बढी नै थियो ।
जापानीबाट सिकेको अर्को पक्ष थियो, कम्पनीलाई निरन्तर नाफामा लैजानु छ भने आफ्ना कामदारहरुलाई निरन्तर सिकाउनुपर्छ ,निरन्तर तालिम र अवसर दिइरहनुपर्छ ।
आफ्ना कर्मचारीमाथि गरिएको लगानी कहिल्यै खेर जाँदैन , लिले लेखेका छन् , सिकाउने र निरन्तर सिकाउने उनीहरुको दर्शनले उनीहरुलाई सधै अगाडि बढाएको छ ।
कहिल्यै पछि पर्नुपरेको छैन भलै उनीहरुले अंग्रेजी भाषालाई मुख्य भाषा नअँगालेका होऊन् ।राम्रो पैसा जसले दिन्छ उसैकहाँ काम गर्ने प्रवृत्ति सिंगापुरमा छ तर जापानमा एउटै काममा जीवन बिताउने प्रवृत्ति छ जसका कारण कम्पनीले ढुक्कसँग त्यस व्यक्तिमाथि निरन्तर लगानी गर्न सक्छ ।
जापानको प्रगतिको मुख्य कारण त्यहाँका जनतामा रहेको एक्याबद्धता अनुशासन , बुद्धिमत्ता , उद्यमीपन र राष्ट्रका लागि योगदान दिने चाह नै भएको लिले पाए ।
बरोबर भुकम्प , सामुद्रिक आँधी तथा अन्य प्राकृतिक प्रकोपले दुख दिए पनि उनीहरु डटेर सामना गर्ने गरेकाले पटकपटक लडेर उठुको उनले पाए । भुकम्प आउँदा अन्य क्षेत्रमा लुटमार चल्छ भने त्यहाँ त्यस्तो काम विरलै हुने गर्दछ ।
लिले विकासको अर्को मोडल दक्षिण कोरियाबाट पनि लिएका छन् । उनी दक्षिण कोरियालीहरुको बढीभन्दा बढी बचत गर्ने शैलीबाट प्रभावित भएको बताउने गरेका छन् ।
पाँच सय वर्षभन्दा बढी समयदेखि जापनाी अतिक्रमणको रक्षा गरेको र ३५ वर्षभन्दा बढी जापनाीहरुबाट शासित भएकाले तिनमा जापानीहरुलाई ईष्र्या गर्ने चलन देखे । चिनियाँहरुलाई नजिकको ठान्ने पनि उनले पाए ।
सिंगापुरलाई यति विकसित कसरी बनाउनुभयो भन्ने प्रश्नमा लिले भन्ने गरेका छन् , पहिलो नम्बरमा सरकारको जासुसी संयन्त्र राम्रो बनाउनुस् । दोस्रो नम्बरमा जहिलेपनि मध्यमार्गी बाटो लिनुस् ।
तेस्रो नम्बरमा भ्रष्टचारमाथि शुन्य सहनशीलताको नीति अँगाल्नुस् । बुढा सरकारी कर्मचारीलाई बिस्तारै पाखा लगाएर नयाँ र उर्जावान्लाई ठाँउ दिनुुस् । तिनलाई राम्रो तलब दिनुस् ।
अनि चुनाव चाहि बरोबर कसरी जित्ने भन्ने प्रश्नमा उनको उत्तर छ, मैले जनतालाई कहिल्यै ढाँटिनँ, झुटो आश्वासन दिइनँ । गर्न सक्ने कुरा मात्र गरे । भनेको कुरा पुरा गरे ।
यसले ममाथि उनीहरुको विश्वास बढायो । मैले जुन कुरामा कहिल्यै विश्वास गरिनँ त्यसलाई मैले बढाइचढाइ जनतालाई भनिनँ । जनतालाई बिस्तारै थाहा भयो , म इमान्दार छु र भनेको कुरा पनि सचेत छु ।
दक्षिण कोरियाली नेताहरु उनीसगँ सल्लह माग्थे । उनको उत्तर हुन्थ्यो , तिम्रो देशमा भ्रष्टाचार सबैभन्दा ठुलो समस्या हो ।
यो सुन्नेबित्तिकै सन् १९९२ मा कोरियाली राष्ट्रपति किम योङ सामले आफैले नियुक्त गरेका तीनजना मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको पाउनेबित्तिकै बर्खास्त गरे भने कैयौ बरिष्ठ न्यायाधीश तथा सेनाका वरिष्ठ अधिकारीहरुलाई जेलमा कोचे ।
उनले नै पुर्व राष्ट्रपतिहरुलाई भ्रष्टाचारको अभियोगमा जेल हाले । लिको अनुभवले भन्छ , वैश्विक व्यपार र उद्यममा आफ्नो नाउँ चम्काउनु छ भने वैश्विस्तरकै व्यापार प्रणाली , पारदर्शिताजस्ता कुरामा ध्यान दिनुपर्नेछ ।
यसो गर्न नसक्दा समाज प्रतिस्पर्धी हुँदैन र अप्रतिस्पर्धी समाजले वैश्विक खुला समाजसँग भिड्न सक्तैन । एकपटक लडिसकेपछि उसलाई उठ्न गाह्रो हुन्छ किनभने अरुले बजार कब्जा गरिरसकेको हुनेछन् ।
लिलाई प्रभाव पार्ने अर्को ठाँउ भनेको हङकङ पनि हो ।चीनको मुख्यभुमिबाट भागेर आएका शरणर्थीहरुले बनाएको हङकङ संसारकै गज्जबको व्यवसायिक थलोका रुपमा विकसित हुनुमा चिनियाँ व्यवसायिहरुको ठुलो भुमिका रहेको लिको ठम्याइ छ ।
जुन बेला लि प्रधानमन्त्रीका रुपमा नियक्त भएका थिए, त्यो बेला नै हङकङ विकसित नगरका रुपमा परिचित भइसकेको थियो । हङकङ विकास आश्चर्यजनक तहमा पुगेको हुनाले उनी आफ्नो मुलुकलाई पनि यही तहमा पु¥याउने सपना देख्थे ।
पहिलोपटकको भ्रमणमा उनी हङकङ पुग्दा एउटा कोट सिलाउन दिएका थिएि र केही घण्टाभित्रै आकर्षक कोट बनाएको पाएपछि उनी यो कलाबाट मख्ख भएका थिए ।
चीनको सांस्कृतिक क्रान्तिताका अलिकति व्यापारिक दृष्टिकोण भएका, हातमा सीप भएकाहरु हङकङ र ताइवानतिर भागे । तिनले नै यो क्षेत्र बनाएका हुन् ।
हङकङ आफै प्रभावित भएका लिलाई त्यहाँको विश्वविद्यालयले पछि डक्टर अफ लबाट विभूषित गरेको थियो ।हङकङलाई जहिले अप्ठेरो प¥यो , जनता आफैले त्यो अप्ठेरोसँग जुझे, सरकारको मुख ताकेनन् भन्ने लिको विश्लेषण छ ।
जस्तो सन् १९७० को तेल संकटका बेला त्यहाँका जनता , ट्रेड युनियन , मजदुर सबैले आफ्नो मुल्य कटौती गरे । कतिसम् मभने कुनै पसलले बेच्ने सामानमा पनि नाफाको दर ज्यादै कम गरेर सामग्रीहरु बेचे जबकि अन्य ठाँउमा यस्तो अनुभव गर्न पाईदैन ।
जनता आफैँ खर्च कटौतीका सन्दर्भमा सचेत भएपछि सरकारले कमै सोचे पनि पुग्ने उनको धारणा छ । हङकङगेहरुमा सरकारले आफ्नो जिम्मा लिओस् भन्ने चाहना हुँदैन , सिंगापुरेमा चाहि सरकारको मुख ताक्ने चलन छ ।
कुनै कुरामा असफलता हात पारे सरकालार्य धारे हात लागउँछन् रे सिंगापुरे तर लिले हङकङमा त्यस्तो पाएनन् । आफु असफल भए आफ्नै गल्ती ठानेर फेरि सम्हालिने कोसिस गर्छन् ।
हङकङे र सिंगापुरेबीतको फरक आफुले स्पष्ट देखेको लि बताँउछन् । उनी भन्छन् , हङकङहरु सिंगापुर आएर फ्याक्ट्री सुरु गर्दाका सुरुवाती व्यवस्थापकहरु आफै कम्पनीका मालिक भइसके ।
सिंगापुरेहरु चाहि कम्पनी बन्द नहुन्जेल त्यहीका व्यवस्थापनका रुपमा रहिरहे । आफुले काम सिकिसकेपछि त्यही कम्पनीमा काम गर्नुपर्छ भन्ने छैन भन्ने हङकङे मान्यता रहेछ ।
यसले उनीहरुको उद्यमशीलता देखाउँछ । स्वय कम्पनीका मालिकहरु पनि आफ्ना व्यवस्थापकहरु आफै उद्यमशील होऊन् भन्ने चाहना राख्ने हुँदारहेछन् ।
जनतालाई अघि बढाउने हो भने तिनमा जोखिम मोल्ने साहस , सफलताको स्वाद र व्यवसायिक जानकारी बढीभन्दा बढी दिलाएर तिनलाई सशक्त पार्नुपर्ने लिको धारण छ ।
देश विकासको अर्को बाटो गैरआवासीयहरु पनि रहेछन् भन्ने उदाहरण सन् १९८९ मा चीनबाट पनि लिले देखे । त्यो बेला तियानानमेन काण्ड घट्यो ।
यस काण्डले चीनमा बढेको अमेरिकी र अन्य लगानी स्वाट्टै घट्यो । चीनको अर्थतन्त्र डामाडोल होलाजस्तो देखियो । तर यही बेला गैरआवासीय चिनियाँहरले हङकङ , मकाउ ताइवान तथा अन्य देशबाट आएर त्यहाँ लगानी गरे ।
जुन बेला विदेशीहरु आफ्नो लगानी बोकेर भागाभाग गरिरहेका थिए, त्यही बेला गैरआवसिय चिनियाँहरु लगानी बोकेर छिरिरहेका थिए ।
संकटका बेलाको लगानीले ठुलो काम ग¥यो । हेर्दाहेदै विदेशीभन्दा चिनियाँहरु धनी भए । यसैगरी ताइवानको विकासबाट पनि लि निकै प्रभावित भएका थिए ।
उनले ६० को दशकमा ताइवानको भ्रमण गर्दा यसले आफ्नो विकासको गति फराकिलो बनाइसकेको थिएन । चीनभन्दा आफु फरक किसिमले अघि बढिरहेको थियो ।
सुरुवातमा अमेरिकी सहयोगबाट यसले अपाफुलाई निर्यातजन्य उद्योगमा हात हाल्यो , खासगरी कृषिमा ठुलो महत्व दिन थाल्यो । जनतालाई बढीभन्दा बढी शिक्षित बनाउन ठुलो लगानी ग¥यो ।
लिले टिप्पणी गरेका छन् , महँगा किताब किन्ने क्षमता नहुँदा कपिराइट नकिनिएका नक्कली किताबहरु किनबेच हुन्थे । ती ज्यादै महँगा भएकाले त्यो स्वाभाविक पनि थियो, त्यो बेला स्तितिनै किताब पढेर उनीहरुले आफ्नो बुद्धि विस्तार गरे ।
जेसुकै कुराको नक्कल तुरुन्तै निकाल्न सक्ने खुबी भएको हुँदा उनीहरुले ज्यादै सस्तो उत्पादन गर्न सक्थे । लामो समय नक्कली सामानलाई प्रोत्साहित गर्दा जसै अर्थतन्त्र उकासियो , उसले पछि रोयल्टी तिरेर तिनै सामानहरु स्वदेशमा उत्पादन गर्न थाल्यो ।
ताइवानले आफ्ना शिक्षित जनता बढीभन्दा बढी विदेशमै रमाउने भएकाले ब्रेन ड्रेनको समस्या झेले पनि धेरैलाई स्वदेश फर्काउन र्कयौ कार्यक्रमहरु सञ्चालन ग¥यो ।
प्रतिभाशाली विद्यार्थीहरुलाई बढीभन्दा बढी सुचनाप्रविधि पढाउन पठाउने र तिनीहरुलाई स्वदेश फर्काएर त्यस्तै कामका लागि प्रोत्साहित गर्ने, उद्यम बढाउन तिनमाथि लगानी गरिदिनेजस्ता नीति लियो ।
यसको केही समयभित्रै अमेरिकी प्रविधि त्यहाँ उत्पादन हुन थाल्यो । ऊ अमेरिकासँगै प्रविधिमा होस्टेलमा हैसे गर्न थाल्यो । छेउको विशाल चीनले कुन बेला काँचै निल्ने हो भन्ने भयका कारण पनि ताइवानको विकास सम्भव भएको लिलो विश्लेषण छ ।
यता मुख्यभूमि चीनको ताल माओ त्से तुङ को सांस्कृतिक क्रान्तिताका ठुल्दाइको जस्तो थियो ।सिंगापुरलाई देशै नगन्ने , मलेसियालाई बेलायतको एजेन्ट मान्ने , इन्डोनेसियाप्रति उति राम्रो धारणा नराख्ने बानी थियो ।
व्यापारका लागि आएका चिनियाँहरुले माओका विचार , माओको रातो किताबजस्ता किताबहरु सित्तैमा बाँड्न ल्याउँथे । सिंगापुरमा भएको चिनियाँ बैकले त ग्राहकहरुलाई सित्तैमा बाड्न यस्ता किताबहरु आफ्नो डेस्कमा राखेको हुन्थे ।
लिले विदेशी विचार प्रचार गर्ने यस्ता कम्पनी , व्यक्ति र संस्थाहरुलाई विदेशी भए खुला रुपमा छाडिदिने तर आफ्ना जनता भए कडा कारबाही गर्थे ।
(आधुनिक सिंगापुरका निर्माता लि क्वान युको जीवनी पुस्तकबाट)



















































































































































































































