१७ बैशाख २०८१, सोमबार

 

इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित : नेपालसहित १२० देश पक्षमा, १४ देशविपक्षमा

काठमाडौं । राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष सत्रले मानवीय सहायताका लागि गाजामा युद्धविरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ।अरब देशहरूका तर्फबाट यो प्रस्ताव गरिएको थियो ।

अमेरिकाको न्यूयोर्कमा बसेको संयुक्त राष्ट्रसंघको महासभाले इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्तावको पक्षमा विश्वका एकसय २० देशले मतदान गरेका छन्। १४ देशले भने विपक्षमा मतदान गरेका छन्। राष्ट्रसंघको सदस्य रहेका विश्वका ४५ देश भने मतदान प्रक्रियामै सहभागी भएनन्।

राष्ट्रसंघको महासभाले युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने त्यसलाई अस्वीकार गरेको छ।नेपालले पनि युद्धविरामको प्रस्तावमा मतदान गरेको हो।

महासभामा इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको भन्दै हमासले गरेको अत्याचार सहेर नबस्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्