२३ बैशाख २०८१, आईतवार

 

कालिका भगवती गुठी व्यवस्थापन समितिलाई गुठी संस्थानद्वारा दर्ता प्रमाणपत्र प्रदान

बागलुङ । बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले गुठी संस्थानबाट पहिलो पटक समिति दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । गुठी संस्थानका सहायक प्रशासक हरि सुवेदीले कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई दर्ता प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

संस्थानले कालिका भगवती गुठी व्यवस्थापन समितिलाई पहिलो पटक औपचारिक रुपमा प्रमाणपत्र प्रदान गरेको हो । मठ मन्दिरहरुको कार्यसमिर्ति गुठी संस्थानले मनोनित गर्ने कानुनी व्यवस्था रहेको छ । जस अनुसार संस्थानले गत असोजमा कुमार खड्काको अध्यक्षतामा बाह्र सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । सोही समितिलाई बुधबार औपचारिकता प्रदान गरेको हो । खड्का दोस्रो कार्यकालका लागि अध्यक्षमा मनोनित हुनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्