१९ बैशाख २०८१, बुधबार

 

भूकम्प प्रभावित क्षेत्रमा नेकपाले पठायो चिकित्सकसहितको टोली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट घाइते भएकाको उपचार र उद्धारका लागि चिकित्सकसहितको टोली पठाएको छ ।

जनस्वास्थ्यकर्मी महासंघका डा प्रकाशको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो । नेकपाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लवले यसको जानकारी दिनु भएको हो ।

महासचिव विप्लवले भूकम्प प्रभावित सर्वसाधारण जनताको उद्धार र पूर्णस्थापनामा जुट्न नेता–कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ ।

पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल), औषधी, लत्ता कपडा, टेन्ट र अन्य आवश्यक सामानहरु पनि प्रभावित क्षेत्रमा पठाउन लागेको शनिबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्ध नगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्ड जानकारी दिनु भएको हो ।

पार्टीले भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक एक वटा स्वयमसेवक टोली परिचालन गर्ने, राहत लगत्तै पूर्णनिर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने, राजधानीलगायत सबै जिल्लामा राहतका लागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने, पार्टीले राहत कोषका लागि वित्तीय संस्थामा खाता खोल्ने र विभिन्न अस्पतालमा उपचारत रहेका घाइतेहरुलाई आवश्यक सेवा प्रदान गर्न सहायता डेक्स स्थापना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्