४ जेष्ठ २०८१, शुक्रबार

 

दुःख दुख्यो

देश त दुख्दै थियो नै
बिहान-बिहानै आज फेरी
जाजरकोट र रुकुम दुख्यो
हिजो सम्म स-शरीर रहेकाहरूको
एकाबिहानै मृत्युबरण दुख्यो
प्रकृतिको रौद्ररुपले
कठै  !
सयौंको धनमालको हरण दुख्यो
देशै दुख्यो, देशबासीको मनै दुख्यो
भाग्यमै दुःख लेखिएको छ सायद
बिहान-बिहानै दुःखीसँग दुःख दुख्यो ।

प्रतिक्रिया दिनुहोस्