२२ बैशाख २०८१, शनिबार

 

विद्यामन्दिर पुस्तकालयको ७५ औं साधारणसभा सम्पन्न

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङको ७५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन प्रदेस सभा सदस्य डिल्लीराम सुबेदीले गर्नुभएको थियो ।सो अवसरमा बोल्दै उहाँले पुस्तकालय ज्ञानको भण्डार भएकाले यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय सामाजिक संजालमा अतिरञ्जीत नकरात्मक विषय वस्तु फैलदै गएकोले पुस्तकालयको महत्व झन बढ्दै गएको चर्चा गर्दै उहाँले समग्र व्यक्तित्व निर्माणका लागि पठन संस्कृतिको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

सुबेदीले नयाँ पुस्तालाई पुस्तकालय प्रति रुची जगाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बागलुङको कथा नामक कृतिको सार्वजनिक गरिएको थियो ।

कथाको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राःडा दिन बहादुर थापाले पुराना लोक संस्कृति परम्पराको संरक्षणका लागि सबैको चासो र चिन्तन हुनुपर्ने बताउनुभयो । पुस्तकालयका पूर्वअध्यक्ष श्रवणलाल शाक्यले पुस्तकालयको विकास र प्रवद्धनका लागि सबै तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा यस वर्षको उत्कृष्ट पाठकको रुपमा पूर्वशिक्षक टिकाराम सापकोटालाई सम्मान गरिएको थियो । यस्तै पुस्तकालयमा विभिन्न कोष खडा गर्ने अक्षयकोषदाता लाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा तुलसी बहादुर स्मृति अक्षयकोषका संरक्षक वैकुण्ठमान विजुक्छे, पाठक प्रोत्साहन कोषका संरक्षक साहित्यकार प्रेम छोटा, हरिमोहन स्मृतिकोषका संरक्षक महेशचन्द्र प्रधान, शिशिर हेमन्त स्मृति अक्षयकोषका संरक्षक श्याम श्रेष्ठ, गंगा प्रसाद स्मृति कोषका संरक्षक रामप्रसाद शर्मा, देवेन्द्र कमला स्मृति कोषका संरक्षक सञ्जय अधिकारी, नन्दगंगा स्मृति कोषका संरक्षक रामचन्द्र शर्मा, कविराज जुनु स्मृति अक्षयकोषका संरक्षक कविराज सुनारलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

सो अवसरमा पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले आफ्ना माता नन्दकली उपाध्याय र गंगादत्त उपाध्यायको स्मृतिमा स्थापना गरेको नन्द–गंगा स्मृति कोषबाट माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने बागलुङ नगरपालिका ६ जना विद्यार्थीलाई प्रशंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा रुद्रेपिपल माविका सुवाश शर्मा, चिल्ड्रेन लाईफ बोडिङ स्कुलका प्रतिक घिमिरे, सयन भण्डारी, रक्षा घिमिरे, गणेस माविका सुमन नेपाली र विवेक परियार रहेका छन् ।

कोषबारे नन्दगंगा स्मृति कोषका संरक्षक गिता शर्माले जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थागत आजिवन सदस्यता लिएका कालीगण्डकी बोडिङ स्कुल, गुराँश शिक्षा सदन, प्रिसियस एकेडेमी, युएस एकेडेमीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुस्तकालयका सचिव राजनप्रसाद शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपिला कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा साहित्यकार काजिरोशन, युक्तप्रसाद सुवेदी र सुधिर श्रेष्ठलाई संरक्षक समिति सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्