२० बैशाख २०८१, बिहीबार

 

तमानखोला गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ । तमानखोला गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको बिहीबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले उद्घाटन गर्नु भएको थियो ।

तमानखोला गाउँपालिकालाई खेलको आर्कषक गन्तव्यको रुपमा विकास गर्न र खेल प्रतिस्पर्धाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले मद्दत गर्ने कुँवरले बताउनु भयो । कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल वुढा, प्रमुख प्रशासकीय अधिकृत इश्वर लाल शाक्य, वडा नं ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढाको अध्यक्षतामा, विद्यालयका प्रध्यानाध्यापक रविन्द्र कुमार बुढाथोकीको स्वागत, शिक्षक पुरन ध्वज गुरुङको सञ्चालमा सम्पन्न भएको थियोे ।

आजदेखि सुरु भएको प्रतियोगितामा भलिबल, फुटबल, दौड, आइटिएफ र डब्लु टिएफ तेक्वान्दोलगाएत २० वटा इभेन्टमा खेल आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष वुढाले जानकारी दिनु भयो । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्