२२ बैशाख २०८१, शनिबार

 

प्रगतिको ‘थाङ्ग्रा’ र प्रकाशको ‘जङ्क्सन पिपलबोट’लाई पहिचान पुरस्कार

काठमाडौं । पहिचान कोषले २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

पहिचान कोषको बैठकले निणार्यक समितिको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

प्रगति राईले थाङ्ग्रा उपन्यासमा महिलाका वंश अधिकार, जातीय छुवाछुत, र पहिचानको आवाज उठाएकी छन्।

पहिचानसम्बन्धी लेखनमा अब्बल प्रकाश गुरागाईंले जङ्क्सन पिपलबोटमा ६०–७० वर्षअघिको साहित्यिक इतिहासबारे बोलेको छ। पुरस्कार रकम ४ लाख २ हजार २ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्