२२ बैशाख २०८१, शनिबार

 

समाजसेवी भरत कुमार श्रेष्ठ र रसुमिला श्रेष्ठद्वारा विद्यामन्दिर पुस्तकालयलाई २५ हजार सहयोग

बागलुङ । समाजसेवी भरत कुमार श्रेष्ठ र रसुमिला श्रेष्ठले बागलुङ बजारस्थित विद्यामन्दिर पुस्तकालयलाई २५ हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

उहाँले पुस्तकालयको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो रकम प्रदान गरिएको बताउनु भयो । रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्वअध्यक्ष भरत कुमार श्रेष्ठ र बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले पुस्तकालयका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्मालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

उक्त रकमको कोष निर्माण गर्ने र भविष्यमा उक्त कोषमा रकम वृद्धि गर्दै लैजाने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा समाजसेवी भरत कुमार श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठ, सहसचिव दिपक चन्द्र प्रधान, पुस्तकालयका कार्यसमिति सदस्य वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, पुस्तकालय संरक्षक समिति

प्रेम छोटा र पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्