२२ बैशाख २०८१, शनिबार

 

मंका खल र बागलुङ समाजबीच बागलुङको संस्कृति संरक्षणमा सहकार्य हुने

बागलुङ । नेपाल भाषा मंका: खल: बागलुङ र बागलुङ समाज कल्याण केन्द्र काठमाडौंबीच बागलुङको संस्कृति संरक्षणमा सहकार्य हुने भएको छ ।

बागलुङको नेवार समुदायको भाषा, जात्रा, भदौरे नाच, फागु गीत, हनुमान नाच, लाखे नाच, जोगी नाच, बाजाको संरक्षण र नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको लागि सहकार्य हुने भएको हो ।

बिहीबार बागलुङ समाज कल्याण केन्द्र काठमाडाका अध्यक्ष रसुमिला श्रेष्ठ र नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीबीच भएको वार्ताले उक्त सहमति भएको नेपाल भाषा मंका: खल: बागलुङका कोषाध्यक्ष विदेश कुमार श्रेष्ठले बताउनु भयो ।

यसको लागि नेपाल भाषा मंका: खल: बागलुङले बागलुङ समाज कल्याण केन्द्र काठमाडौं समक्ष संस्कृति संरक्षणको प्रस्ताव पठाउने भएको छ । बागलुङको नेवार समुदायको संस्कृति र जात्राको संरक्षणको लागि मिलेर कसरी सहकार्य गर्न सकिन्छ त्यस विषयमा बागलुङ समाजमा गहन छलफल गरि हामी एउटा निष्कर्षमा पुग्छौं अध्यक्ष रसुमिला श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा समाजसेवी भरत कुमार श्रेष्ठ, नेपाल भाषा मंका: खल: बागलुङ संस्थापक संयोजक प्रेम छोटा, अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, कोषाध्यक्ष विदेश कुमार श्रेष्ठ, नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङमा तीन सय वर्षअगाडि काठमाडौं उपत्यका र अन्य ठाउँहरुबाट नेवार समुदायले बागलुङमा आफूसँगै ल्याएका भाषा, कला, संस्कृति, जात्रा, संस्कार, खानपानलाई जोगाउँदै यहाँको व्यवसायलाई माथि उठाउन र पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्