१५ बैशाख २०८१, शनिबार

 

बागलुङ महोसत्वमा बाँड्यो टेलिकमले निःशुल्क सिम

बागलुङ । नेपाल टेलिकम बागलुङले सातौं बागलुङ महोत्सवमा निःशुल्क सिमकार्ड वितरण गरेको छ । बागलुङ महोत्सवमा आउने दर्शकले टेलिकमको स्टलबाट प्रिपेड सिमकार्ड निःशुल्क पाइरहेको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर सन्तोष बरालले नयाँ विश्वलाई बताउनु भयो ।

निःशुल्क सिमकार्ड पाउने भएपछि महोत्सवमा आउने दर्शकको आकर्षण नेपाल टेलिकमको स्टलमा रहेको छ । टेलिकमले एफटिटिएच फाइबर टु दि होम सर्भिस पनि उपलब्ध गराएको छ । यसमा इन्टरनेट, टिभी र टेलिफानको सुविधा रहेको छ ।

एफटिटिएच फाइबर ६ हजारदेखि ४२ हजार मूल्यको रहेको छ । यो सामान खरिद गर्ने ग्राहकले मोबाइलमा ३ सय एमवि डाटा पनि निःशुल्क पाउने छन् ।

नेपाल टेलिकमले आज दिउँसोसम्म २ सय ५० सिमकार्ड वितरण गरि सकेको नेपाल टेलिकम बागलुङका प्राविधिक अधिकृत केशव सापकोटाले जानकारी दिनु भयो ।

दुर्गम क्षेत्रमा उपभोक्तालाई सदरमुकामसम्म आउन समस्या हुने भन्दै टेलिकमले महोत्सवमा निःशुल्क सिमकार्ड वितरण गरेको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर बरालले जनाएको छ । टेलिकमले निशुल्क सिमकार्ड वितरण गरेसॅगै बागलुङ महोसत्वमा आउने दर्शक खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्